काठमाडौँ । चीनको दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित पिङटाङ पुल आधुनिक इन्जिनियरिङको नमुनाका रूपमा स्थापित भएको छ । चीनको कुइचोउ प्रान्तमा रहेको उक्त पुलले २ हजार १३५ मिटर लामो गहिरो खोँच पार गर्दै दुई क्षेत्रलाई जोडेको छ ।
पिङटाङ–लुओडियान एक्सप्रेसवेको महत्त्वपूर्ण संरचनाका रूपमा रहेको यो पुल केबलको सहायताले निर्माण गरिएको भायाडक्ट हो । पुलको बीचमा रहेको मुख्य टावर ३३२ मिटर अग्लो छ । यो करिव ११० तले भवन बराबरको उचाइ हो ।
सन् २०१९ मा सञ्चालनमा आएको यस पुलले त्यस क्षेत्रको यातायात सहज बनाउनुका साथै स्थानीय विकासमा समेत योगदान पुर्याएको छ । चीनको कुइचोउ प्रान्तलाई विश्वका पुलहरूको संग्रहालयका रूपमा समेत चिनिन्छ । दशकौँदेखि निर्माण गरिएका पुलहरूको ठूलो संख्या, विभिन्न संरचना र जटिल इन्जिनियरिङ प्रविधिका कारण यो क्षेत्र विश्वमै परिचित छ ।
पिङटाङ पुल पनि त्यहाँका आधुनिक इन्जिनियरिङ उपलब्धिमध्ये एक मानिन्छ ।





