२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काठमाडौँ-तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ’ : राष्ट्रपति पौडेल

अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन् । 

बुधवार काठमाडौँ-तराई-मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको ब्रेकथ्रु कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई-मधेसबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् ।

 उनले करिव ७३ किलोमिटर लामो अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेख्य रूपमा घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुने उल्लेख गरे । 

राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजना निर्माणमा नेपाली सेनाले हासिल गरेको प्रगति र उत्साहको प्रशंसा गर्दै निर्धारित समयमै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे। विकट भौगोलिक अवस्था, जटिल भू–बनावट र प्रतिकूल परिस्थितिका बाबजुद नेपाली सेनाले पूर्वाधार निर्माणमा देखाएको दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय रहेको उनको भनाइ छ । उनले द्रुतमार्गको महत्त्व भौतिक पूर्वाधार निर्माणमा मात्रै सीमित नरहेको बताए ।

 यसले राजधानी र तराई-मधेसबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उनले विश्वास व्यक्त गरे । त्यस्तै, पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा समेत द्रुतमार्गको योगदान महत्त्वपूर्ण हुने राष्ट्रपति पौडेलले बताए । आफूले द्रुतमार्गको तेस्रो पटक स्थलगत अवलोकन गरेको उल्लेख गर्दै उनले नेपाली सेनाले हालसम्म हासिल गरेको प्रगतिले आयोजना सफलतापूर्वक सम्पन्न हुनेमा थप विश्वस्त बनाएको बताए।

पौडेलले भने, ‘नेपाली सेनाले आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्र निर्माण र विकासका क्षेत्रमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय छ । जटिल भौगोलिक अवस्था र विभिन्न चुनौतीका बाबजुद यस आयोजनामा सेनाले देखाएको दक्षता, कार्यकुशलता र प्रतिबद्धता सराहनीय छ । काठमाडौँ उपत्यकालाई तराई-मधेससँग जोड्ने यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि यात्रा समय र दूरी घट्नुका साथै यातायात, व्यापार, पर्यटन तथा समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु । यसले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई समेत थप मजबुत बनाउनेछ । आज तेस्रो पटक यस आयोजनाको स्थलगत अवलोकन गर्ने अवसर पाउँदा नेपाली सेनाले हासिल गरेको प्रगति र दृढ इच्छाशक्तिबाट म अत्यन्त उत्साहित र विश्वस्त भएको छु । यस राष्ट्रिय गौरवको आयोजना सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाल सरकार, नेपाली सेना, निर्माण व्यवसायी तथा सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । निर्धारित समयमै आयोजना सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै सबैको आगामी कार्यसफलताको कामना गर्दछु ।’

राष्ट्रपति पौडेलले आयोजना निर्माणमा सरकार, रक्षा मन्त्रालय, नेपाली सेना, निर्माण व्यवसायी तथा अन्य सम्बन्धित पक्षले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै प्रभावकारी समन्वय र प्रतिवद्धताका साथ काम गर्न आग्रह गरे। उनले निर्धारित समयभित्रै आयोजना सम्पन्न होस् भन्ने शुभकामनासमेत व्यक्त गरे । 

0 Comments