२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको टिप्पणी : ‘अहिले देश आतंकको छायामुनी चलेको छ’ 

अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार स्वेच्छाचारी बन्दै गएको टिप्पणी गरेका छन् ।  पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्रममा उनले देशमा असंवैधानिक र गैरकानूनी गतिविधि बढेको बताएका हुन्। 

उनले विगतमा हिंसात्मक, अलोकतान्त्रिक तथा आतंककारी गतिविधिमार्फत सत्ता उलटफेर गर्ने, आगजनी, लुटपाट र तोडफोडबाट लोकतान्त्रिक तथा संवैधानिक व्यवस्था कमजोर बनाउने काम भएको आरोप लगाए । त्यस्ता गतिविधिलाई वैधानिकता दिन निर्वाचनको मञ्चन गरिएको उनको दाबी छ ।

उनले हाल भय र त्रासको वातावरणको सरकार चलिरहेको बताए । सरकार दमनकारी र प्रतिशोधी व्यवहारसहित फासिवादतर्फ उन्मुख भएको उनको आरोप छ । आर्थिक अवस्था निरन्तर खस्किँदै गएको उल्लेख गर्दै उनले सरकारसँग ठूलो रकम थन्किएर बसे पनि पीडित जनताले राहत समेत पाउन नसकेको बताए । सरकार जनताप्रति उत्तरदायी नभएको उनको आरोप छ ।

उनले भने, ‘अहिले देश राजनीतिक रूपमा एउटा आतंकको छायामुनी, भय र त्रासको वातावरण मुनि, असंवैधानिक, गैरकानूनी क्रियाकलापहरूको पेलाईमा स्वेच्छाचारी शासनको अन्तरगत देश चलिरहेको छ । फासिवाद तर्फ दमनकारी प्रतिशोधी व्यवहार अगाडी बढिरहेको छ । आर्थिक हिसाबले देश लगातार अधोगतितर्फ गइरहेको छ । सामाजिक हिसाबले सामाजिक मूल्य मान्यता खस्किरहेका छन् । समाज अत्यन्तै उल्टो बाटोतिर धकेलिँदै गएको छ । सांस्कृतिक हिसाबले हाम्रो भाषा माथि, हाम्रो संस्कृति माथि, हाम्रो सभ्यता माथि चर्को हमला भइरहेको छ । जनताप्रति अनुत्तरदायी सरकार खर्बौँ पैसा जम्मा भएको छ । त्यो खर्बौँ पैसा थानको लागेर बसेको छ । पीडितहरू दुःखमा पिल्सीरहेका छन् । त्यो पैसाको पनि प्रयोग भएको छैन । यति समय भइसक्यो केही पनि भएको छैन । केही गर्न सकिन्थ्यो, सरकार परिचालन हुँदा, सरकारले काम गर्दा गर्न सकिन्थ्यो । केही पनि भएको छैन । अथवा जनताप्रति उत्तरदायित्व छैन । शिक्षा बिग्रिँदो छ । स्वास्थ्य स्थितिमा सुधार भइरहेको छैन । अस्पतालबाट बाहिर निकालेर सडकमा प्रसव वेदना सहँदै शिशुलाई जन्म दिनुपर्ने अवस्था मा महिलाहरू गुज्रिनु परेको छ । अर्थात् वर्णन गरेर साध्य छैन । एउटा पक्षमा होइन, सर्वत्र पक्षमा ।’

उनले शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था पनि कमजोर बन्दै गएको बताए । अस्पतालबाट उपचार नपाएर सडकमा प्रसूति हुनुपर्ने अवस्था कायम रहनु स्वास्थ्य सेवाको गम्भीर कमजोरी भएको उनको भनाइ छ । नेपाली भाषा, संस्कृति र सभ्यतामाथि समेत आक्रमण भइरहेको उनको दाबी छ ।

0 Comments