काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रिय कार्यकर्ता भेला छोट्याएर केन्द्रीय कमिटी बैठक बिहीबारै बोलाएको छ। बबरमहलमा जारी भेला टुंग्याएपछि दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो।
पूर्वनिर्धारित तालिकाअनुसार शुक्रबार जनप्रतिनिधिको भेला र शनिबार केन्द्रीय कमिटी बैठक बस्ने कार्यक्रम थियो।
दुई दिनका लागि तय गरिएको कार्यकर्ता भेला छोट्याइएपछि केन्द्रीय कमिटीको बैठक दुई दिनअघि सारिएको हो।





