काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक बिहीबार बबरमहलमा सुरु भएको छ। राष्ट्रिय कार्यकर्ता भेला छोट्याएर एमालेले पूर्वनिर्धारित मितिभन्दा दुई दिनअघि बैठक बोलाएको हो।
बैठकमा राष्ट्रिय भेलामा उठेका विषय, पार्टीका आगामी कार्ययोजना तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ ।
राष्ट्रिय भेलाका निर्णयलाई केन्द्रीय कमिटीको बैठकबाट स्वीकृत गराउने, स्थानीय तहको निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।





