काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामबाबू प्रसाद चौधरीले बढुवा र पदस्थापनका लागि पेस गरेका शैक्षिक प्रमाणपत्र नक्कली रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ । आयोगले चौधरीविरुद्ध कैद र जरिवाना माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चौधरीले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने आईए तहको लब्धाङ्कपत्र, अस्थायी प्रमाणपत्र, कलेज छाडेको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र र स्थानान्तरण प्रमाणपत्र पेस गरेका थिए । आयोगले ती कागजात नक्कली रहेको र तिनैका आधारमा चौधरीले प्रमुख अनुसन्धान अधिकृत ९राजपत्राङ्कित द्वितीय श्रेणी० पदसम्म बढुवा र पदस्थापन भई त्यस पदको लाभ र सुविधा प्राप्त गरेको दाबी गरेको छ ।
चौधरीसहित विभागका उच्च पदस्थ कर्मचारीले सेवा प्रवेश र बढुवाका लागि पेस गरेका शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै छानबिन गर्न मागसहित उजुरी परेको थियो । सोही उजुरीमाथि अनुसन्धानपछि आयोगले चौधरीविरुद्ध आरोपपत्र दायर गरेको हो ।
आयोगले चौधरीलाई तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा ९२० र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवाना गर्न माग गरेको छ ।






