काठमाडौँ । अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले म्यानमारको उत्तरी रखाइन राज्यमा रोहिंग्या समुदायमाथि म्यानमारले नरसंहार गरेको ठहर गरेको छ। नेदरल्यान्ड्सको हेगस्थित न्यायालयले गाम्बियाले दायर गरेको मुद्दामा बिहीबार फैसला सुनाएको हो।
म्यानमार नरसंहारका लागि जिम्मेवार रहेको ठहरको पक्षमा नौ र विपक्षमा छ न्यायाधीशले मत दिएका थिए। बहुमतको फैसलाले रोहिंग्या समुदायमाथि भएको नरसंहारबाट म्यानमारले नरसंहारसम्बन्धी महासन्धिअन्तर्गतको दायित्व उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ।
रखाइनमा म्यानमारको सेनाले रोहिंग्या समुदायमाथि हिंसा र दमन गरेको तथा उनीहरूलाई विस्थापित बनाएको विषय लामो समयदेखि अन्तर्राष्ट्रिय चासोमा थियो। गाम्बियाले ती घटनामा म्यानमारलाई महासन्धिअन्तर्गत जिम्मेवार ठहर गर्न माग गर्दै न्यायालयमा मुद्दा दायर गरेको थियो।





