धादिङ। धादिङको रुबीभ्याली गाउँपालिका-४ स्थित सेर्तुङबाट बोराङतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
आज बिहान भएको उक्त दुर्घटनामा घाइते भएकाहरूलाई नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा उद्धार गरिएको हो।
घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।





