५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हर्मुज जलघाँटीमा लुइस पुघको १५ किलोमिटर पौडी : युद्धले समुद्री वातावरणमा पारेको जोखिम उजागर

अ अ+ अ-

लन्डन । इरान युद्धले हर्मुज जलघाँटीको समुद्री वातावरण र वन्यजन्तुमा पारेको जोखिम उजागर गर्न बेलायती पौडी खेलाडी लुइस पुघले द्वन्द्वग्रस्त जलमार्गमा तीन दिन लगाएर करिब १५ किलोमिटर पौडी खेलेका छन् । 

संयुक्त राष्ट्रसंघका महासागरसम्बन्धी संरक्षकसमेत रहेका ५६ वर्षीय पुघले पौडीका क्रममा नजिकै तेल ट्यांकरमा आक्रमण हुँदा विस्फोट भएको देखे। उनका अनुसार जहाजमा भएको आक्रमण र त्यसबाट फैलिने तेल तथा रासायनिक प्रदूषणले समुद्री जीव, मुगा चट्टान र म्यान्ग्रोभ वनलाई दीर्घकालीन जोखिममा पार्न सक्छ ।

उनले युद्धअघि ओमानी तटमा पौडी खेल्दा देखेका सयौँ समुद्री कछुवा तथा यसपटक डल्फिन र ओस्प्रे चराहरूको उपस्थितिले यस क्षेत्रको प्राकृतिक महत्त्व स्मरण गराएको बताए । तेल प्रदूषण सफा गर्न कठिन हुने र यसको असर पुस्तौँसम्म रहन सक्ने उनको भनाइ छ ।

युद्धका क्रममा दर्जनौँ ट्यांकर क्षतिग्रस्त भएका छन् । इरानले जलमार्गमा आफ्नो नियन्त्रण कायम गर्ने प्रयासस्वरूप जहाजमाथि आक्रमण बढाएको छ । युद्धअघि विश्वको कुल तेल कारोबारको करिब पाँचौँ भाग हर्मुज जलघाँटी हुँदै ओहोरदोहोर हुने गरेको थियो ।

समुद्री वातावरण संरक्षणका लागि चार दशकदेखि सक्रिय पुघले उत्तरी ध्रुव, अन्टार्कटिका र विश्वका विभिन्न समुद्री क्षेत्रमा पौडी खेलेर वातावरणीय मुद्दामा ध्यान आकर्षित गर्दै आएका छन् ।  उनले युद्ध रोक्न, हर्मुज जलघाँटी खुला राख्न र प्रदूषण सफा गर्नुपर्ने सन्देश दिएका छन् ।

0 Comments