काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ पिपलबोटबाट भिमफेदी कारागारबाट फरार भएका लागूऔषध (खैरो हेरोइन) मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन्।
शुक्रबार दिउँसो करिब २ बजे हेटौँडा उपमहानगरपालिका–२ पिपलबोटस्थित सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी निवासी २३ वर्षीय हर्षित राज मुक्तानलाई नियन्त्रणमा लिएको हो।
मुक्तान जेन जेड आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार भएका थिए। उनी लागूऔषध (खैरो हेरोइन) मुद्दामा दोषी ठहर भई ११ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवानाको सजाय पाएका व्यक्ति हुन्।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।





