६ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित बालबालिकाका लागि सञ्चालित अस्थायी विद्यालयको मन्त्री बादीद्वारा निरीक्षण

अ अ+ अ-

ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले रसुवा-भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिकामा सञ्चालित अस्थायी विद्यालयको स्थलगत निरीक्षण गरेकी छन् ।

मन्त्री बादीले आवासीय सुविधासहित सञ्चालित विद्यालयमा पुगेर बालबालिकाको पठनपाठन, खानपान, पोषण, स्वास्थ्य, आवास तथा दैनिक हेरचाहको अवस्थाबारे जानकारी लिएकी हुन् । निरीक्षणका क्रममा उनले बालबालिकालाई जाडो मौसमका लागि न्यानो कपडासमेत वितरण गरिन् ।

गत भदौ १० गते आएको बाढीका कारण रसुवाको हाकुबेसी आधारभूत विद्यालयको पठनपाठन अवरुद्ध भएपछि मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीचको समझदारीमा अस्थायी विद्यालय सञ्चालन गरिएको हो ।

कक्षा १ देखि ८ सम्मका ६७ बालबालिकालाई लक्षित गरी स्थापना गरिएको विद्यालयमा हाल ४९ जना अध्ययनरत छन् । विद्यालयको शैक्षिक, आवासीय तथा दैनिक व्यवस्थापन पुनर्निर्माण अभियान नेपालले गर्दै आएको छ ।

निरीक्षणका क्रममा मन्त्री बादीले बालबालिकालाई उपलब्ध गराइने खानाको गुणस्तर र पोषणमा विशेष ध्यान दिन तथा स्वास्थ्य, आवास र संरक्षणको व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिइन् ।

निरीक्षणमा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव शान्तकुमार भण्डारीसहितको टोली सहभागी थियो । सरकारले विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण र हेरचाहका लागि ‘विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३’ कार्यान्वयन गरिरहेको जनाएको छ ।

योजनाले बालबालिकालाई पारिवारिक वातावरणमा सुरक्षित राख्दै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा निरन्तर पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

0 Comments