८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पञ्चेश्वर, सप्तकोसी र सुनकोसी आयोजनालाई गति दिन नेपाल-भारत सहमत, जलस्रोत र ऊर्जा सहकार्य विस्तार गरिने

जलविद्युत् र प्रसारण पूर्वाधारमा भारतीय लगानी प्रोत्साहन गर्ने, विद्युत् व्यापार विस्तारका सम्भावना खोज्ने तथा हिमताल अनुगमन र बाढीको पूर्वसूचना प्रणालीमा तथ्यांक आदानप्रदान गर्ने सहमति।

अ अ+ अ-

काठमाडौँ । नेपाल र भारतबीच पञ्चेश्वर, सप्तकोसी र सुनकोसी बहुउद्देश्यीय आयोजनाको कार्यान्वयनलाई गति दिने सहमति भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुवै देशले जलस्रोतको उपयोग, ऊर्जा पूर्वाधार विकास र बाढीजन्य जोखिम न्यूनीकरणमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका हुन्।

भ्रमणका अवसरमा जारी ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ सम्बन्धी संयुक्त दस्तावेजमा निर्माणाधीन तथा प्रस्तावित जलविद्युत् र बहुउद्देश्यीय आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउने विषय समेटिएको छ।

सहमतिअनुसार जलस्रोतको पारस्परिक लाभकारी उपयोगसँगै बाढीबाट हुने क्षति कम गर्न पञ्चेश्वर, सप्तकोसी र सुनकोसीलगायत आयोजनाको कार्यान्वयनमा जोड दिइनेछ।

दुवै देशले ऊर्जा, जलस्रोत र जलवायु उत्थानशीलताका क्षेत्रमा संस्थागत सहकार्य बलियो बनाउँदै दिगो, समावेशी र विपद् प्रतिरोधी विकासलाई अघि बढाउने सहमति गरेका छन्।

जलविद्युत् र प्रसारण लाइनमा भारतीय लगानी प्रोत्साहन
नेपाल-भारत विद्युत् क्षेत्र सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण दस्ताबेजअनुसार भारतले नेपालको जलविद्युत् उत्पादन तथा विद्युत् प्रसारण पूर्वाधारमा थप लगानीलाई प्रोत्साहन गर्ने भएको छ।

नेपालले पनि यस्ता लगानीका लागि उपयुक्त वातावरण, आवश्यक सहजीकरण र दुवै पक्षलाई लाभ हुने सहकार्यको ढाँचा उपलब्ध गराउनेछ।

दुई देशबीच हुने विद्युत् व्यापारलाई बजारको माग र पारस्परिक लाभका आधारमा थप विस्तार गर्ने सम्भावनासमेत अध्ययन गरिने संयुक्त दस्तावेजमा उल्लेख छ।

जलविद्युत्‌बाहेक अन्य नवीकरणीय ऊर्जा स्रोतको विकासमा पनि साझेदारी गर्ने सहमति भएको छ। यसअन्तर्गत सौर्य ऊर्जा, भूमिगत ऊर्जा तथा हरित हाइड्रोजनका क्षेत्रमा सहकार्य गरिनेछ।

नेपालमा ग्रिन हाइड्रोजनसम्बन्धी नमुना परियोजना सञ्चालन गर्ने विषय पनि दुई देशबीचको सहमतिमा समावेश गरिएको छ।

0 Comments