७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रधानमन्त्री साहको भारत भ्रमण बहुआयामिक रूपमा सफल र उपलब्धिमूलक’ : परराष्ट्र मन्त्री खनाल

अ अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण बहुआयामिक हिसाबले सफल र उपलब्धिमूलक भएको बताएका छन् ।

सोमवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री साहको दुई दिने राजकीय भ्रमणबारे ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन्। 

उनका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री शाह र समकक्षी नरेन्द्र मोदीबीच दुई देशबीच पारवहन, रेलमार्ग, ऊर्जा, पूर्वाधार तथा सीमापार सम्पर्क सञ्जाल लगायतका महत्वपूर्ण विषयमा सहमति भएका छन् । 

परराष्ट्र मन्त्री खनालले भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने समझदारी भएको बताउनु भयो । आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहमा समेत नेपाललाई पहुँच उपलब्ध गराइने उनले जानकारी दिए। उनले दुवै देशका प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने सरयू-कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गर्नुभएको समेत जानकारी दिए । मन्त्री खनालले प्रस्तावित रक्सौल-काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत मार्ग निर्धारण सर्वेक्षण अन्तिम रूप दिनुका साथै नेपालमा पूर्व-पश्चिम रेलमार्ग विकासका लागि समेत दुवै देशले सहकार्य गर्ने सहमति भएको बताए । उनले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको शिलान्यास गरिएको तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको अध्ययन तीव्र पार्न दुवै पक्ष सहमत भएको समेत जानकारी दिए। 

उनका अनुसार इनरुवा-नयाँ पूर्णिया र दोधारा-बरेली सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त उद्यम गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन् । मन्त्री खनालले भ्रमणका क्रममा भैरहवा, सुनौली र दोधारा-चाँदनीमा आइसिपी निर्माणलाई तिव्रता दिनुका साथै भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण भएको नयाँ सीमापार सवारीसाधन सञ्चालनयोग्य पुलको समेत उद्घाटन गरिएको समेत बताए । त्यसैगरी भ्रमणका क्रममा मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गरी नेपाली जनतालाई समर्पण गरिएको तथा झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको समेत मन्त्री खनालले जानकारी दिए। उनका अनुसार काठमाडौँ-भैरहवा-लखनउ दुईतफी हवाई सञ्चालनको लागि समेत भारत सहमत भएको छ ।

उनले प्रधानमन्त्री शाहको भारत भ्रमण दुई देशबीचको सम्बन्ध विस्तार तथा नेपालको बहुआयामिक विकासमा सहकार्यको लागि कोशेढुंगाा भएको विश्वास व्यक्त गरे । भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल सोमवार साँझ स्वदेश फर्किएको हो । 

0 Comments