८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

अ अ+ अ-

झापा । मेचीनगर नगरपालिका-४ बाहुनडाँगीको सीमा क्षेत्रमा रहेको सौर्य विद्युतीय घेराबारा तोडेर दैनिक ठूलो सङ्ख्यामा नेपाल प्रवेश गर्ने जंगली हात्तीका कारण स्थानीयवासीमा त्रास फैलिएको छ ।

हात्तीको प्रवेश रोक्न निर्माण गरिएको विद्युतीय संरचना र खटिएका सुरक्षाकर्मीको घेरा तोडेर साँझ परेपछि हात्तीको बथान बाहुनडाँगीतर्फ आउने गरेको छ । मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले सुरक्षाका लागि उच्च सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरेका छन् ।

किसानको धानबाली भित्राउन बाँकी नै रहेकाले हात्तीले थप क्षति पुर्‍याउन सक्ने चिन्ता बढेको उनले बताए। पाकेको धानबाली जोगाउन जिल्ला प्रशासन कार्यालय झापाको पहलमा केही दिनयता सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिँदै आएको थियो ।

“सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकको टोलीले छेक्न प्रयास गर्दागर्दै हात्तीको बथान नेपाल छिरेको हो,” वडाध्यक्ष कार्कीले भने, “किसानले भर्खरै काटेको धानको पाँजा र कुन्यु खेतमै छ । हात्तीले धानको कुन्युमा व्यापक क्षति पुर्‍याएको छ ।”

हात्तीको बथान भित्रिन सक्ने जोखिम देखिएपछि केही दिन पहिल्यै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सुरक्षा निकायका प्रमुखसहित बाहुनडाँगीका मुख्य नाकाको अनुगमन गरी किसानलाई छिटो धान भित्र्याउन अपिल गरेका छन् ।

प्रजिअ पोखरेलको अनुगमनलगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली किसानलाई धान काट्न सघाउने अभियानमा जुटेको थियो । उक्त अभियानमा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता र स्वयंसेवक युवाको समूह सक्रिय भएको थियो ।

भारतको दार्जिलिङ र जलपाइगुढी जिल्लास्थित महानन्दा वन्यजन्तु आरक्षबाट सयको सङ्ख्यासम्म जंगली हात्तीको बथान सीमावर्ती मेची नदी तरेर बाहुनडाँगी आउने गरेका छन् । विशेषगरी धान र मकै पाक्ने मौसममा भारतीय जंगलबाट दिनहुँ आउने हात्तीको बथानले यस क्षेत्रमा जनधनको क्षति पुर्‍याउँदै आएको छ ।

0 Comments