८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम जतिसक्दो छिटो अघि बढाउन पुनः बोलपत्र: आचार्य

अ अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम जतिसक्दो छिटो अघि बढाउन पुनः बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । 

आयोजनामा ठेकेदार छनोट प्रक्रिया अघि बढाउन बोलपत्रसम्बन्धी कागजात तथा मूल्यांकन विधिलाई अद्यावधिक गर्ने काम भइरहेको मन्त्रालयले जनाएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले आयोजनाको निर्माण कार्य शीघ्र शुरु गर्नु मन्त्रालयको प्राथमिकता रहेको बताए।

उनकाअनुसार चालु आर्थिक वर्षमै लागत अनुमान स्वीकृत भइसकेकाले त्यसलाई पुनः अद्यावधिक गर्नुपर्ने अवस्था छैन । नयाँ खरिद ऐन तथा नियमावलीअनुसार मूल्यांकन पद्धति र बोलपत्रसम्बन्धी कागजात भने अद्यावधिक गर्नुपर्नेछ । यसका लागि जलस्रोत तथा सिंचाई विभाग र आयोजना कार्यालयले तिब्र रूपमा काम गरिरहेको आचार्यले जानकारी दिए।

आचार्यकाअनुसार सुनकोशी-मरिण डाइभर्सन आयोजना नेपालको कृषि विकास र जलस्रोतको अधिकतम उपयोगका दृष्टिले महत्त्वपूर्ण आयोजना हो । तराई-मधेसलाई नेपालको अन्न भण्डारका रूपमा रहेको बताउँदै उनले त्यहाँ बाह्रै महिना सिंचाई सुविधा उपलब्ध गराउन पानीको स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए।

हिमालयबाट उत्पत्ति भएका नदीहरूको पानी उपयोग गर्दै बढी पानी उपलब्ध हुने नदी बेसिनबाट महाभारत क्षेत्रबाट उत्पत्ति भएका नदीहरूमा पानी स्थानान्तरण गर्नु आवश्यक रहेको उनको भनाइ छ । उनकाअनुसार आयोजनाको सुरुङ निर्माणको प्रगति अपेक्षाभन्दा छिटो भएपनि अन्य संरचनासम्बन्धी काममा केही ढिलाइ भएको छ । अब भने प्रचलित ऐन तथा कानूनअनुसार पुनः बोलपत्र प्रक्रिया अघि बढाएर निर्माणलाई गति दिने तयारी छ । 

बोलपत्र रद्ध हुँदैमा तत्कालै मुलुकलाई ठूलो आर्थिक नोक्सानी भएको निष्कर्ष निकाल्न नसकिने आचार्यको भनाइ छ । यसअघि वित्तीय प्रस्ताव नखोलिएकाले वास्तविक आर्थिक प्रभाव अहिले नै आकलन गर्न नसकिने उनले बताए। पुनः बोलपत्र आह्वान गर्दा लागत घट्न सक्ने सम्भावनासमेत रहेकाले आर्थिक नोक्सानीबारे अहिले नै निष्कर्ष निकाल्न नसकिने उनको भनाइ छ । 

उनले भने,‘अब आगामी कार्यदिशाका सम्बन्धमा जतिसक्दो चाँडो प्रचलित ऐन तथा कानूनअनुसार अघि बढ्नुपर्ने अवस्था छ । किनभने हाम्रो लागत अनुमान यही आर्थिक वर्षमा स्वीकृत भएको हो । त्यसैले लागत अनुमान अद्यावधिक गर्नुपर्ने अवस्था छैन । नयाँ खरिद ऐन तथा कानूनअनुसार मूल्यांकनका विधि र पद्धति तथा बोलपत्रसम्बन्धी कागजातहरू भने अद्यावधिक गर्नुपर्नेछ । यसका लागि जलस्रोत तथा सिंचाई विभाग र आयोजना कार्यालय अत्यन्तै अग्रसर भएर दिनरात काम गरिरहेका छन् । यो काम जतिसक्दो चाँडो अघि बढाउने विषय निश्चित छ । मन्त्रालयको प्राथमिकता भनेको जतिसक्दो चाँडो खरिद प्रक्रिया सम्पन्न गरी ठेकेदारलाई आयोजनामा आबद्ध गराएर काम सुरु गर्नु हो । यसका लागि अब पुनः बोलपत्र आह्वान गरेर जतिसक्दो चाँडो ठेकेदारलाई काममा आवद्ध गर्नुपर्ने हुन्छ । एउटा बोलपत्र रद्द भएर अर्को बोलपत्र प्रक्रियामा जाँदैमा ठूलो आर्थिक नोक्शानी भएको भन्न मिल्दैन । अहिले तत्कालै वित्तीय प्रस्ताव नखोलिएकाले त्यसबाट भएको आर्थिक प्रभाव देखिँदैन । पुनः बोलपत्र आह्वान गर्दा लागत अझ घट्न पनि सक्छ । त्यसैले अहिले नै राष्ट्रलाई कति आर्थिक नोक्शानी भयो भन्ने निष्कर्ष निकाल्न सकिने अवस्था छैन ।’

यसअघिका ठेकेदारसँग सम्बन्धित धरौटी तथा कार्यसम्पादन जमानत जफत गर्ने विषयमा केही जमानत जफत भइसकेको र केही जफत गर्ने प्रक्रियामा रहेको आचार्यले बताए। 

खरिदसम्बन्धी निर्णय प्रक्रियाबारे स्पष्ट पार्दै आचार्यले प्रचलित खरिद ऐन तथा नियमावलीले खरिदसम्बन्धी अधिकार विभागीय तहलाई नै दिएको बताए। डिजाइन, लागत अनुमान तथा खरिद स्वीकृतिका प्रक्रिया मन्त्रालयबाट नभई विभागीय प्रमुखको तहबाटै अघि बढ्ने भएकाले यसका लागि मन्त्रालयको छुट्टै लिखित स्वीकृति आवश्यक नपर्ने उनको भनाइ छ । 

0 Comments