धादिङ । धादिङको गल्छी गाउँपालिका-७ स्थित गल्छी बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज बिहान करिब ११ बजे काठमाडौँबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका निवासी अन्दाजी २८ वर्षीय बरुण प्रसाद भट्ट गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बैरेनी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि प्रहरीले टिपर र त्यसका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी अन्दाजी ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






