८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी सरुवालाई व्यवस्थित र पारदर्शी बनाउन डिआइजी भट्टको नेतृत्वमा समिति गठन

समितिको सिफारिसका आधारमा सरुवा प्रक्रिया अघि बढाइने, विद्यमान सरुवा मापदण्डलाई थप वैज्ञानिक बनाउने तयारी ।

अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको सरुवा प्रणालीलाई पारदर्शी, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउन प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा समिति गठन गरेको छ ।

अन्वेषण, योजना तथा विकास निर्देशनालयका डिआइजी भट्ट नेतृत्वको समितिले काम सुरु गरिसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबि नारायण काफ्लेले जानकारी दिएका छन् ।

‘सरुवा पूर्वानुमानयोग्य र पारदर्शी बनाउन समिति गठन गरिएको हो । सरुवा मापदण्डको अक्षरशः पालना गर्दै प्रहरी कर्मचारीको दक्षता र क्षमताका आधारमा सिफारिस गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । अब समितिको सिफारिसका आधारमा सरुवा प्रक्रिया अघि बढाइनेछ,’ डिआइजी काफ्लेले भने ।

गत कात्तिक १८ गते प्रहरी महानिरीक्षक नियुक्त भएलगत्तै डा. मनोज कुमार केसीले सरुवा प्रणालीलाई पारदर्शी बनाउने बताएका थिए । उनको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले समिति गठन गरी प्रक्रिया अघि बढाएको हो ।

सरुवाका क्रममा उठ्ने गुनासा सम्बोधन गर्दै उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिने र सरुवा प्रक्रियाप्रति प्रहरी कर्मचारीको अपनत्व कायम गर्ने उद्देश्यले समितिले काम गर्ने जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार समितिको सिफारिस प्रहरी महानिरीक्षकबाट सदर भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सरुवाको निर्णय गरिनेछ ।

0 Comments