९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद

अ अ+ अ-

धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद उपकेन्द्रमार्फत किसानबाट १५ हजार ८५२ क्विन्टल धान खरिद गरेको छ ।

कार्यालय प्रमुख दीपक थापाका अनुसार मङ्सिर १ गतेदेखि सुरु भएको धान खरिद प्रक्रियाअन्तर्गत हालसम्म १५ हजार ८५२ दशमलव २७ क्विन्टल धान खरिद गरिएको हो ।

सरकारले चालू आर्थिक वर्ष २०८३/८४ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० निर्धारण गरेको छ । सोही मूल्यमा किसानबाट धान खरिद भइरहेको कार्यालय प्रमुख थापाले जानकारी दिए।

यस वर्ष कैलालीका लागि ३० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ । गत वर्ष ३५ हजार क्विन्टल कोटा रहेकामा यस वर्ष पाँच हजार क्विन्टल घटाइएको हो ।

कम्पनीले जिल्लाका मोहनपुर, टीकापुर, सत्ती, गौरीगङ्गा, भजनी र जोशीपुर खरिद उपकेन्द्रबाट धान खरिद गरिरहेको छ । विवरणअनुसार हालसम्म मोहनपुर केन्द्रबाट तीन हजार ९७० दशमलव ३७ क्विन्टल, टीकापुरबाट दुई हजार ६७५ दशमलव ४६, सत्तीबाट तीन हजार ६६ दशमलव ३५, गौरीगङ्गाबाट एक हजार ६५२ दशमलव एक, भजनीबाट दुई हजार ३९० दशमलव पाँच र जोशीपुरबाट दुई हजार ९७ दशमलव ४९ क्विन्टल धान खरिद भएको छ ।

सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान बिक्री गर्न पाउँदा किसानलाई राहत पुगेको छ । तर, गत वर्षको तुलनामा यस वर्ष खरिद कोटा घटाइएकाले सरकारी खरिद प्रणालीबाट लाभान्वित हुने किसानको सङ्ख्या र खरिद हुने धानको परिमाण प्रभावित हुन सक्ने देखिएको छ ।

यसैबीच, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा धान खरिदको कोटा बढाउन माग भएपछि खरिद प्रक्रिया अघि बढ्न सकेको छैन । जिल्लामा यस वर्ष आठ हजार क्विन्टल मोटा धान खरिद गर्ने कोटा निर्धारण गरिएकामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको प्राथमिक खरिद समितिले २० हजार क्विन्टल खरिद गर्न माग गरेको छ ।

कार्यालय प्रमुख थापाका अनुसार समितिको गत कात्तिक २० गतेको निर्णयअनुसार कोटा बढाउन केन्द्रमा पहल भइरहेको छ । कोटा थप गर्ने विषयमा निर्णय भएपछि खरिद प्रक्रिया अघि बढ्ने उनले बताए।

0 Comments