काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका जोड्ने कन्काई पुल निर्धारित समय भन्दा अगाडी निर्माण सम्पन्न भएको छ ।
२०७९ पुस ११ गते सडक विभागसँग शर्मा एण्ड कम्पनीले ठेक्का सम्झौता गरेर निर्माण थालेको थियो । डिजाइन एण्ड विल्ड मोडलमा सम्झौता गरिएको ठेक्कामा निर्माण शुरु २०८० फागुन १० गतेदेखि थालिएको शर्मा एण्ड कम्पनीका सञ्चालक रमेश शर्माले जानकारी दिए। तीन महिनामा डिजाइनको काम सम्पन्न गर्नुपर्ने भएपनि सडक विभागले डिजाइन फाइनलमा ९ महिना भन्दा बढी समय लगाएको थियो । शिवगञ्ज पुरानो बजार–पूर्व पछुवाडा बजार–झापा जोड्ने काँकाई नदीमाथिको पुल निर्माण भएर २०८३ असार अन्तिमदेखि यातायात सुचारु भइसकेको छ । भने पुलमा रङ्घ रोगन र एप्रोच सडक निर्माणको काम भइरहेको छ । पुलको लागत १ अर्ब १२ करोड ५२ लाख ८२ हजार भ्याट र पिएससहित रहेको छ । भने पुलको कुल लम्बाई ७ सय १५ मिटर रहेको छ । थप भार आफूहरूलाई परे पनि अनुभव र शाहसका साथ काम सम्पन्न गरेको बताउनु भयो । असार मसान्तबाटै सवारी साधन सञ्चालन भइसकेकाले हस्तान्तरण सरह भइसकेको बताए ।
उनले भने, ‘समयमा सकिएकोमै चौतर्फी जुन कुरा भएको भन्ने कुरा गर्नुभयो, त्यसले मलाई हौसला दिएको छ । हामीले ४२ महिनाको सम्झौता गरेका थियौँ । ६ महिना निर्माण व्यवसायीले डिजाइनमा खर्च गर्ने, दुई महिना सडक विभागले खर्च गर्ने, ३४ महिनामा पुल सक्ने भनिएको थियो । हामीले करिव ३० महिनामा पुल निर्माणको काम सकेका छौँ । जुन तरिकाले पुल समयमा सकियो, त्यसमा लामो अनुभवका कारण सफल भएका हौँ ।’
करिव ४ महिना अगावै पुल निर्माणको काम सम्पन्न गरेको उनको भनाइ छ । सबैतिरबाट सहयोग प्राप्त भए अढाइ वर्षभित्र सम्पन्न गर्न सकिने बताए। उनले कुनैपनि काम समयमै सक्नका लागि समयमै बजेट विनियोजन गर्नुपर्ने सुझाव दिए ।






