काठमाडौँ । ग्लोबल आइएमई बैंकले मंसिर १२ र १३ गते ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ आयोजना गर्ने भएको छ ।
काठमाडौँको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा हुने प्रतियोगितामार्फत खेलकुद संस्कृतिको विकाससँगै विभिन्न क्षेत्रका खेलप्रेमीबीच आपसी सद्भाव र सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ ।
प्रतियोगितामा होल-इन-वान गर्ने खेलाडीका लागि स्कोडाको एसयूभी गाडी पुरस्कार राखिएको छ । अन्य विधाका विजेतालाई चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज प्रदान गरिने बैंकले जनाएको छ ।
प्रतियोगिता आयोजनामा आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, एमएडब्लु तथा बाह्रसिङ्गेको सहकार्य रहेको छ ।
मुलुकका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गरेको बैंकले हाल ३४१ शाखासहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।






