१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस केन्द्रिय समिति बैठकमा एजेण्डामाथि सदस्यहरूले धारणा राख्ने क्रम सकिएन, शुक्रवार फेरि बस्ने

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकमा केन्द्रिय समिति सदस्यहरू धारणा राख्ने क्रम जारी छ ।  मंगलवारदेखि जारी बैठकमा एजेण्डामाथि केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम बिहीवार पनि जारी रहेको पार्टीका केन्द्रिय सदस्य सुशील भट्टले बताए । 

उनका अनुसार बैठकमा पार्टीले यही मंसिर १५ गतेदेखि सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ’ अभियानको तयारी, सुकुम्वासी व्यवस्थापन तथा रसुवाको भोटेकोशी बाढीको विषयमा केन्द्रित रहेर केन्द्रिय सदस्यहरूले धारणा राखिरहेका छन् । उनले पार्टीको १५ महाधिवेशनबाट पारित दस्ताबेज अनुसार समाजका मुद्दालाई कसरी पार्टीको एजेण्डा बनाउने भन्ने विषयमा समेत नेताहरू ले धारणा व्यक्त गरिरहेको बताए ।

उनले बैठक शुक्रवार पनि निरन्तर चल्ने जानकारी दिए । शुक्रवार बैठकले पार्टीको अगामी कार्यदिशा, मुलुकको वर्तमान राजनीतिक अवस्था र सरकारका कामकारबाहीबारे उचित निर्णय लिने समेत बताए ।

उनले भने, ‘हामीले चार पाँच वटा एजेण्डामा त बैठकको पहिलो दिनदेखि नै छलफल गर्दै आइरहेका छौँ । एउटा, नेपाली काँग्रेसले यही मंसिरको १५ गतेदेखि सञ्चालन गर्न लागिरहेको हामी तयार छौँ अभियानको बारेमा, अर्को सुकुम्वासी व्यवस्थापन तथा रसुवाको भोटेकोशी बाढीको सवाल लगायतका विषयवस्तुमा नेताहरू धारणा राखिरहनुभएको छ । अनि नेपाली समाजको विषयलाई कसरी नेपाली काँग्रेसको विषय बनाउन सकिन्छ ? भनेर विभिन्न भूगोलबाट आउनुभएका केन्द्रिय सदस्यहरूले आआफ्नो धारणा व्यक्त गरिरहनुभएको छ । यो बैठक भोलि पनि निरन्तर चल्नेछ । हामीले महाधिवेशनमा समाजको आवाज काँग्रेसको आवाज बनाउने भनेर जुन कुरा गरेका थियौँ । सोहीअनुसार एउटा निष्कर्ष निकाल्ने तर्फ छलफल भइरहेको छ ।’

उनले सानेपास्थित पार्टी कार्यालय नै पार्टीभित्रका विवादमाथि छलफल गर्न पर्याप्त ठाउँ रहेको भन्दै काँग्रेस फुट्नुभन्दा जुट्न आवश्यक रहेको समेत बताएका छन्। 

0 Comments