१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमुख्यसचिव अर्यालको निवासमा सीआईबीको खानतलासी

एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम गैरकानुनी रूपमा मलेसिया पठाएको आरोपमा अनुसन्धान गरिरहेको सीआईबीले अर्याललाई पक्राउ गरेसँगै प्रकरणसँग सम्बन्धित कागजातको खोजी अघि बढाएको छ ।

अ अ+ अ-

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालको बूढानीलकण्ठस्थित निवासमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खानतलासी गरेको छ ।

अनुसन्धानसँग सम्बन्धित कागजात फेला पर्न सक्ने आधारमा सीआईबीको टोलीले बिहीबार साँझ अर्यालको निवासमा खानतलासी गरेको स्रोतले जानकारी दिएको छ । खानतलासीका क्रममा के-कस्ता कागजात फेला परे भन्नेबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गरेको छैन ।

सीआईबीका अनुसार बिहीबार विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका अर्याललाई काठमाडौँ ल्याइएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार अदालतमा उपस्थित गराउने तयारी छ । 

अर्यालमाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहँदा नेपाल र मलेसियाबीच भएको श्रम समझदारीविपरीत श्रमिकबाट संकलित रकम विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न भएको आरोप छ । उनले २०७८ मंसिर १५ देखि २०८० जेठ २९ गतेसम्म श्रम सचिवको जिम्मेवारी सम्हालेका थिए ।

सीआईबीको अनुसन्धानअनुसार स्वास्थ्य परीक्षणका नाममा नेपाली श्रमिकबाट गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ अमेरिकी डलर र बेलायती पाउन्डमा रूपान्तरण गरी १७ पटक मलेसिया पठाइएको थियो । 

यस प्रकरणमा पूर्वश्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसी तथा व्यवसायी कैलाश खड्कासहित अर्यालसमेत गरी ११ जना पक्राउ परिसकेका छन् ।

यसअघि पक्राउ परेका १० जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले बिहीबार अनुमति दिएको छ । सीआईबीले उनीहरूमाथि ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

0 Comments