११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

अ अ+ अ-

पाँचथर । हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवा खोलामा डाइभर्सन निर्माणको प्रयास नै हुन सकेको छैन । डाइभर्सन नहुँदा दुई र तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधन यस खण्डमा सञ्चालनमा आउन सकेका छैनन् ।

खोलामा पानीको बहाव घटेसँगै तमोर करिडोर सडकको फिदिम-मुलघाट खण्ड नियमित सञ्चालनमा आइसकेको छ । तर फिदिम-काबेली खण्डमा भने यहाँ डाइभर्सन नहुँदा ठूला सवारीसाधनमात्रै सञ्चालन भइरहेका छन् । हिउँद लागे पनि फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ को सीमास्थित हेंवाखोलामा पानीको बहाव मनग्य हुने हुँदा दुई र तीनपाङ्ग्रे सवारी र साना चारपाङ्ग्रे सवारीसाधन पार गर्न सक्ने अवस्था नरहेको हिलिहाङ-७ माझीटारका बासिन्दा रामकुमार माझीले बताए।

 उनका अनुसार तमोर करिडोरको यस खण्डको निर्माण गरिरहेको एपेक्स निर्माण कम्पनीले तिहारपछि विगतमा डाइभर्सन रहेको स्थानबाट ठूला सवारीसाधन पार गर्न सक्ने संरचना बनाएको छ ।

साना सवारी पार हुन नसक्दा तमोर करिडोर सडकले समेट्ने पाँचथरको हिलिहाङ गाउँपालिकाका बासिन्दा अत्यधिक प्रभावित भएका छन् । “डाइभर्सन नहुँदा सदरमुकाम आवतजावत गर्न दोब्बर बढी दूरी यात्रा गर्नुपर्ने बाध्यता छ । तमोर करिडोर सडक आयोजना र निर्माण कम्पनीले हेलचेक्रयाँइ गर्दा हामीले दुःख पाइरहेका छौँ”, हिलिहाङ गाउँपालिका-५ का वीरेन्द्र मङ्ग्रातीले भने, “यस विषयलाई सम्बन्धित निकायले गम्भीरताका साथ लिनुपर्छ ।”

फिदिम–४ माझीटारका व्यवसायी रमेश तामाङ निर्माण कम्पनी र सरकारी निकायले साह्रै सामान्य काम पनि नगरिदिँदा यात्रुले लामो र घुमाउरो बाटो हिँड्नुपरेको तथा माझीटार क्षेत्रको व्यापार व्यवसाय सञ्चालनमा आउन नसकेको बताए। यस वर्ष गत चैतदेखि निरन्तर वर्षा भएकाले डाइभर्सन टिक्न सकेको छैन । जसकारण तमोर करिडोरको यस खण्डमा सवारीसाधन नियमित हुन सकेका छैनन् । “एकातिर घुमाउरो बाटो हिँड्नुपरेको छ, अर्कातिर माझीटार क्षेत्रको व्यापार व्यवसाय चौपट भएको छ”, तामाङले भने ।

विगतमा पनि यहाँ डाइभर्सन मर्मत र पुनर्निर्माणमार्फत नै यातायात सञ्चालन गर्ने गरिएको थियो । तर यस वर्ष यातायात अवरोध भएको आठ महिना बितिसकेको छ । डाइभर्सन निर्माणमा फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले समन्वय गरेर तत्कालै काम अगाडि बढाउनुपर्ने स्थानीयवासीको माग छ । 

निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पर्ने हेंवाखोलामा पुल निर्माण हुन बाँकी छ । यहाँ रहेको बेलिब्रिज तथा खोला किनाराको सडक २०८० साल असारमा आएको बाढीले बगाएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिएको थियो । विगतमा नियमित रूपमा डाइभर्सन मर्मत तथा पुनर्निर्माण हुँदै आएकामा यस वर्ष निर्माण कम्पनीले चासो नदिएको र पुल निर्माण कार्यमा समेत प्रगति नभएपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।

0 Comments