११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बालविवाह अन्त्य गर्न सामूहिक प्रतिबद्धता आवश्यक’ : मुख्यमन्त्री आचार्य

अ अ+ अ-

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बालविवाह अन्त्यका लागि सरकार, परिवार, समुदाय र सरोकारवाला सबै पक्षको सामूहिक प्रतिबद्धता र प्रयास आवश्यक रहेको बताएका छन् । 

बालविवाह, कम उमेरमा विवाह तथा जबरजस्ती विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले बालविवाहमुक्त समाज निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरेका हुन् ।

बालविवाह बाल अधिकारको गम्भीर उल्लंघन हुनुका साथै बालबालिकाको शिक्षा, स्वास्थ्य, स्वतन्त्रता, व्यक्तित्व विकास र भविष्यमा प्रत्यक्ष असर पार्ने सामाजिक समस्या भएको मुख्यमन्त्री आचार्यले उल्लेख गरेका छन् । बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूलाई सुरक्षित बाल्यकाल, गुणस्तरीय शिक्षा, सम्मानजनक जीवन र उज्ज्वल भविष्य प्रदान गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ ।

बालविवाहको अन्त्य सामाजिक चेतना, व्यवहार र सोचमा परिवर्तनसँग जोडिएको विषय भएकाले यसको उन्मूलनका लागि सरकार, परिवार, समुदाय, विद्यालय, नागरिक समाज र सरोकारवाला सबैको एकीकृत प्रयास आवश्यक रहेको मुख्यमन्त्री आचार्यले बताएका छन् ।

 कानुनी व्यवस्था र सामाजिक जागरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बालविवाहलाई सामाजिक रूपमा अस्वीकार्य व्यवहारका रूपमा स्थापित गर्न सबै प्रतिबद्ध हुनुपर्ने उनले उल्लेख गरेका छन् । 

लुम्बिनी प्रदेश सरकारले बालविवाहमुक्त प्रदेश निर्माणलाई उच्च प्राथमिकतामा राख्दै वार्षिक नीति, कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्दै आएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । चालु आर्थिक वर्षमा प्रदेशका १२ वटै जिल्लाका १०९ स्थानीय तहमा बालविवाह न्यूनीकरण तथा उन्मूलनका कार्यक्रम केन्द्रित गरिएको उनले बताएका छन् ।

स्थानीय तह, समुदाय र सरोकारवाला संस्थासँगको सहकार्यमा जनचेतना अभिवृद्धि, बाल अधिकार संरक्षण, किशोरकिशोरीको सशक्तीकरण तथा बालविवाह रोकथामका प्रयासलाई थप प्रभावकारी बनाउने प्रदेश सरकारको प्रतिबद्धता रहेको सन्देशमा उल्लेख गरिएको छ ।

बालविवाहमुक्त प्रदेश निर्माण सरकारी प्रयासबाट मात्रै सम्भव नहुने भन्दै मुख्यमन्त्री आचार्यले हरेक घर, परिवार, समुदाय र संस्थाले बालबालिकाको अधिकार तथा भविष्यप्रति जिम्मेवार भएर सकारात्मक सामाजिक परिवर्तनको अभियानमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।

नोभेम्बर २७ अर्थात् बालविवाह, कम उमेरमा विवाह तथा जबरजस्ती विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा बालविवाह अन्त्य गर्दै बालबालिकाको अधिकार, सपना र भविष्य सुरक्षित गर्न सामूहिक संकल्प गर्न उनले आह्वान गरेका हुन् । 

0 Comments