११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनामा ३१ जनाको मृत्यु, चालक पक्राउ

अ अ+ अ-

काठमाडौँ । इजिप्टको गिजा प्रान्तमा इन्धन बोकेको ट्यांकर  दुर्घटनापछि भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । दुर्घटनाको कारण बनेको आरोपमा प्रहरीले एक जना कार चालकलाई पक्राउ गरेको छ ।

बुधवार गिजा प्रान्तको रिङरोडमा कारले इन्धन ट्यांकर लाई ठक्कर दिएपछि ट्यांकर  पल्टिएर आगलागी भएको थियो । घटनाबारे अनुसन्धान गरिरहेको इजिप्टको सरकारी अभियोजन कार्यालयले बिहीवार चालकलाई पक्राउ गरिएको जनाएको छ ।

अभियोजन कार्यालयका अनुसार सोधपुछका क्रममा चालकले आफूले प्रतिघण्टा ११० किलोमिटरको गतिमा गाडी चलाइरहेको र अन्य सवारीसाधनलाई उछिन्ने क्रममा लेन परिवर्तन गरिरहेको स्वीकार गरेका छन् । सोही क्रममा उनको कारको अगाडिको बायाँ भागले ट्यांकर को पछाडिको दायाँ भागमा ठक्कर दिएको थियो । ठक्करका कारण ट्यांकर को एउटा टायर पड्किएपछि नियन्त्रण गुमाएको ट्यांकर सडकको कङ्क्रिट बारमा ठोक्किएर पल्टिएको अभियोजन कार्यालयले जनाएको छ ।

ट्यांकर  पल्टिँदा त्यसमा रहेको पेट्रोल सडकमा पोखिएर आगलागी भएको थियो । आगलागीमा परी ठूलो मानवीय क्षति भएको हो । घटनापछि सरकारी अभियोजन कार्यालयले दुर्घटनाबाट भएको भौतिक तथा अन्य क्षतिको मूल्याङ्कन गर्नुका साथै आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ । यसैबीच, इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबौलीले बिहीवार अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् ।

 उनले पीडितलाई उच्चतम सम्भव स्वास्थ्य उपचार उपलब्ध गराउन तथा मृतक र घाइतेका परिवारलाई अधिकतम सम्भव क्षतिपूर्ति उपलब्ध गराउन सामाजिक ऐक्यवद्धता मन्त्रालयसहित सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका छन् ।

0 Comments