११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफूलाई हिंसात्मक गतिविधिबाट अपदस्थ गरिएको ओलीको दाबी, सुरक्षा संयन्त्रले साथ नदिएको आरोप

अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते आफूलाई हिंसात्मक गतिविधिमार्फत प्रधानमन्त्रीबाट अपदस्थ गरिएको दाबी गर्दै त्यस बेला राज्यका सुरक्षा संयन्त्रले साथ नदिएको बताएका छन् ।

काठमाडौँमा सम्पादकहरूसँग भएको एक अन्तरक्रियामा अध्यक्ष ओलीले भदौ २३ र २४ गतेका घटनालाई पूर्व योजनासँग जोड्दै आफूले सम्भावित जोखिमबारे जानकारी पाएको भए पनि राज्य संयन्त्रबाट सहयोग नपाएको बताएका हुन् । उनले बंगलादेश र श्रीलंकाका घटनाको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै परिस्थिति निर्माण गर्ने तयारी पहिलेदेखि नै रहेको दाबी गरे ।

उनले आफूलाई घटनाबारे जानकारी हुँदाहुँदै पनि प्रधानमन्त्रीका रूपमा रोकथाम गर्न नसकेको प्रसंग सुनाउँदै भने, “अगाडिदेखिको एउटा प्लानिङ थियो । बङ्गलादेश यत्तिकै भएको होइन, श्रीलङ्का यत्तिकै भएको होइन, श्रीलङ्का बनाइदिन्छु, बङ्गलादेश बनाइदिन्छु अगाडिदेखिको यहाँ तयारी छँदै थियो, नदेखेको पनि होइन । अघि सोध्नुभाथ्यो एउटा, कसरी थाहा भएन, अरू कसैले पनि सोध्नुभाथ्यो उहाँले सोध्नुभाथ्यो, कसरी थाहा भएन ? अष्टमीका दिन एउटा बोको राख्या हुन्छ, त्यसलाई पर्सिन्छन्, खुकुरी पनि उसले देख्या हुन्छ, मार हान्न खोज्या पनि बुझ्या हुन्छ, गर्छ के त त्यसले ? गर्छ के ? थाहा पाएपछि गर्छ के ? राज्य संयन्त्रले साथ नदिएपछि प्राइम मिनिस्टरले गर्छ के ?”

ओलीले उक्त प्रसंगलाई आफ्नो व्यक्तिगत पद वा राजनीतिक भविष्यसँग मात्र जोडेर नहेर्न आग्रह गर्दै यसलाई मुलुक र जनताको भविष्यसँग सम्बन्धित विषय भएको बताए ।

“म के भन्छु भने म एउटाको कुरो होइन, नेकपा एमालेको २-४ लाख सदस्यको कुरा होइन, यो नेपालको कुरो हो, ३ करोड जनताको कुरा हो, तिनका सन्ततिको कुरा हो, तिनको भविष्यको कुरा हो। एक छिनको कुरा होइन । र मैले मेरा लागि गर्नुपर्ने केही पनि होइन, म त मर्न तयार भएर हिँडेको मान्छे हुँ ।” उनले भने ।

तर राज्यका कुन निकायले कुन सूचना दिएनन् वा कुन अवस्थामा सुरक्षा संयन्त्रले सहयोग गरेन भन्ने विषयमा उनले विस्तृत विवरण दिएनन् । उनको भनाइले सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्न उठाए पनि त्यसबारे सम्बन्धित निकायको औपचारिक धारणा र घटनाक्रमका अभिलेख आवश्यक पर्ने देखिन्छ ।

संसदीय प्रक्रियाबाट हटाइनु र हिंसात्मक गतिविधिबाट हटाइनु फरक
ओलीले आफू प्रधानमन्त्रीबाट पटक-पटक हटाइएको उल्लेख गर्दै संसदीय प्रक्रियाबाट पदमुक्त हुनु र हिंसात्मक गतिविधिबाट हटाइनु फरक विषय भएको बताए । संसदीय प्रक्रियाबाट सरकार परिवर्तन हुनु लोकतान्त्रिक अभ्यास भए पनि हुल्लडबाजी, हातपात र आगजनीबाट सत्ता परिवर्तन गर्नु लोकतान्त्रिक विधि नभएको उनको भनाइ थियो ।

उनले भने, “म पटक-पटक अपदस्त गरिएको छु । कहिले संसदीय प्रक्रियाबाट, त्यो जायज हो। पाइन्छ त्यो मजाले गर्न पाइन्छ । कहिले हुल्लडबाजीबाट, हातपात हातपात आगजनीबाट, यो लोकतान्त्रिक अभ्यास होइन। त्यसर्थ, यो लोकतान्त्रिक अभ्यास नभएको हुनाले त्यो क्रियाकलापलाई स्वीकार गरेर सकिँदैन । कालान्तरमा त्यो पचेर जाला, त्यो एक ठाउँमा छ। तर पनि के हो भने त्यति बेला जे काम भयो त्यो ठिक थिएन। त्यो ठिक थिएन ।” उनले निर्वाचनमा पराजित हुनु र हिंसात्मक गतिविधिबाट सत्ता गुमाउनु एउटै नभएको पनि स्पष्ट पारे ।

“बहुदलीय प्रणाली र आवधिक निर्वाचन भनेको हार्ने–जित्ने कुरा हो भन्ने यो हार्ने–जित्ने कुरासँग हाम्रो आपत्ति होइन, त्यसमा फेयरनेसका साथ हारियो–जितियो कि जितिएन भन्ने एउटा कुरा हो, फेयर हुनुपर्दछ। अर्को हाम्रो आपत्ति भनेको आगजनी, तोडफोड, हिंसा, यो कुरासँग हो । डेमोक्रेटिक ढङ्गले हामीलाई हराउन नपाउने भन्ने हुन्छ र रु हामीलाई शून्य सिटमा पनि झार्न पाइन्छ डेमोक्रेटिक इलेक्सनबाट। मज्जाले पाइन्छ, डेमोक्रेटिक वेबाट । त्यो भोग्न हामी तयार छौँ। हामीले पनि मज्जाले जित्न पाउनुपर्छ,” उनले भने ।

राष्ट्रपति र प्रधानसेनापतिसँगको संवादबारे ओलीको दाबी
ओलीले तत्कालीन राजनीतिक संकटका बेला आफूले संविधानबाहिर गएर समाधान खोज्न नभई संविधानभित्रैबाट निकास निकाल्न राष्ट्रपतिलाई सुझाव दिएको दाबी गरे । उनले आफूले प्रतिनिधि सभा विघटन वा अन्य संवैधानिक कदमका लागि सिफारिस नगरेको र संविधानको पालक तथा रक्षकका रूपमा राष्ट्रपतिले संवैधानिक व्यवस्थाभित्र रहेर समाधान खोज्नुपर्ने धारणा राखेको बताए ।

उनकाअनुसार तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले संविधानको धारा खोलिदिन आग्रह गर्नुभएको थियो । ओलीले त्यस बेला आफूले संविधानमा नभएको व्यवस्था देखाउन नसक्ने जवाफ दिएको बताए ।

उनले भने, “प्रधानमन्त्री, एउटा स्पष्ट हुनुस्, मेरो सिफारिसमा भएको होइन, मैले संविधान मिचेको छैन र संविधानसम्मत ढङ्गले समाधान खोज्नुपर्छ भनेर राष्ट्रपतिलाई लेखेर दिएको छु । तपाईँ राष्ट्रपतिको हैसियतले संविधानको रक्षक र पालक भएको हुँदा संविधानभित्रबाट समाधान खोज्न सिफारिस गर्दछु। मेरो सिफारिस यत्ति हो । मलाई राष्ट्रपतिजी र प्रधानसेनापतिजीले संविधानको धारा खोल्दिनुपर्यो भनेर भन्नुभएको थियो, मैले कुन धारा खोल्ने रु धारा भए पो खोल्नु । संविधानभित्रबाट समाधान खोज्नुस् यत्ति हो ।”

ओलीले त्यसपछि राजनीतिक दलहरूबाट समाधान खोज्ने प्रक्रिया अन्यत्र गएको टिप्पणी गरे । उनले आफ्नो सिफारिसको आशय संविधानको रक्षकका रूपमा राष्ट्रपतिले संवैधानिक मर्यादाअनुसार भूमिका निर्वाह गर्नुपर्छ भन्ने रहेको बताए ।

संवैधानिक निकाय र सुरक्षा संयन्त्रको जबाफदेहितामाथि प्रश्न
ओलीले राज्यका निकायहरू लोकतान्त्रिक मूल्य र संवैधानिक दायित्वअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै राज्यका अंगहरूको भूमिकामाथि प्रश्न उठाउनु भयो । उनले अदालतको प्रसंगसमेत जोड्दै शक्तिशाली र संगठित पक्षले राज्यका संस्थाहरूलाई प्रभावमा पार्न सक्ने अवस्था लोकतन्त्रका लागि चुनौती भएको बताए ।

उनले भने, “राज्य लोकतान्त्रिक भएन भने राज्यका सबै अंगहरू एक ढङ्गले तिनीहरू आफ्नो कर्तव्य पूरा गर्ने अवस्थामा रहिरहेका हुँदैनन् ।”
अदालतको सम्मान सबै पक्षबाट हुनुपर्ने उल्लेख गर्दै उनले राज्य र शासकहरूले पनि अदालतको मर्यादा कायम राख्नुपर्ने बताए ।

0 Comments