११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन

अ अ+ अ-

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन गरिने बताएका छन्।

आज हेटौँडा उपमहानगरपालिका-८ स्थित औद्योगिक क्षेत्रमा रहेको उद्योगको अवलोकन गर्दै उनले मेसिनको अवस्था र पुनः सञ्चालनका चुनौतीबारे जानकारी लिएका हुन् ।

मन्त्री पुनले उद्योगका मेसिन निर्माण गर्ने चिनियाँ कम्पनी नै बन्द भइसकेकाले आवश्यक पार्टपुर्जा पाउन कठिनाइ रहेको बताए । तथापि, पुराना मेसिनलाई आधुनिक प्रविधिबाट सुधार गर्न सके उत्पादन सम्भव हुने उनको भनाइ थियो ।

सरकारको स्वामित्वमा रहेका पुराना उद्योगलाई अनुसन्धान, नवप्रवर्तन र प्रविधिको प्रयोगमार्फत पुनः सञ्चालन गर्न सकिने सम्भावना खोज्न आफू उद्योगको अवस्था बुझ्न पुगेको उनले बताए । यसका लागि छुट्टै अनुसन्धान तथा नवप्रवर्तन इकाइ स्थापना गर्नुपर्ने उनको धारणा थियो ।

उनले वीरगञ्जस्थित कृषि औजार कारखानामा करिब चार बिघा क्षेत्रफलमा अनुसन्धान केन्द्र स्थापना गर्ने र त्यसका लागि रु. ७० देखि ८० करोड लगानी आवश्यक पर्ने प्रस्ताव पनि अघि सारे । अनुसन्धान तथा प्रविधि विकासमा नेपाली सेनासँग सहकार्य गर्न सकिने उनको भनाइ थियो ।

अवलोकनका क्रममा सैनिक सामग्री उत्पादन निर्देशनालयका निर्देशक प्राविधिक सहायक रथी मुकेश बाटाजुले मन्त्री पुनलाई उद्योगको अवस्थाबारे जानकारी गराएका थिए ।

विसं २०५७ देखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी निर्णयअनुसार अहिले परीक्षण उत्पादन भइरहेको छ । उद्योगका ४८८ मेसिनमध्ये नेपाली सेनाले मर्मत तथा सरसफाइ गरेपछि २० वटा लुमबाट कपडा बुन्ने परीक्षण सुरु गरिएको हो । बाँकी मेसिन मर्मतको क्रममा छन् ।

सरकारले गत असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि सरसफाइ, विद्युत् प्रणाली सुधार र मेसिन मर्मतको काम अघि बढाएको थियो । परीक्षण उत्पादनका लागि सरकारले रु. ३३ लाख बजेट उपलब्ध गराएको छ । हाल बाहिरबाट धागो ल्याएर पुराना मेसिनबाट कपडा बुन्ने परीक्षण भइरहेको छ ।

0 Comments