१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती गाउँपालिकाद्वारा विभिन्न पदमा दरखास्त आह्वान

अ अ+ अ-

काठमाडौँ। दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाले विभिन्न पदमा करार सेवामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। 

गाउँपालिकाले आज एक सूचना जारी गर्दै गाउँ कार्यपालिकाको कार्यालय तथा राप्ती आधारभूत अस्पतालमा रिक्त रहेका प्राविधिक पदहरूमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न कर्मचारी माग गरेको हो।

गाउँपालिकाद्वारा प्रकाशित सूचना अनुसार आठौँ तहको मेडिकल अधिकृत पदका लागि दुई जना चिकित्सकको माग गरिएको छ। त्यसैगरी पाँचौँ तह अन्तर्गत स्टाफ नर्स, हेल्थ असिस्टेन्ट र मनोसामाजिक परामर्शकर्ता पदमा एकरएक जना गरी कुल पाँच जना दक्ष जनशक्ति माग गरिएको छ। मेडिकल अधिकृत पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। 

यस्तै, स्टाफ नर्स र हेल्थ असिस्टेन्टका लागि सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण भई सम्बन्धित परिषद्मा दर्ता भएको हुनुपर्ने योग्यता तोकिएको छ। मनोसामाजिक परामर्शकर्ता पदका लागि स्वास्थ्य, मनोविज्ञान, समाजशास्त्र लगायतका विषयमा तोकिएको शैक्षिक योग्यता, आवश्यक तालिम तथा कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ।

 इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको राजस्व तिरेको रसिद, शैक्षिक योग्यता, नागरिकता, सम्बन्धित काउन्सिल दर्ता र अनुभवका प्रमाणपत्रहरू संलग्न गरी गाउँपालिकाको कार्यालयमा दरखास्त पेस गर्नुपर्नेछ। म्याद सकिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ।

0 Comments