१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीको नाम र चुनाव चिन्ह दुरुपयोग गर्नेलाई कारबाही गर्ने काँग्रेसको चेतावनी

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको नाम र चुनाव चिन्ह दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा काँग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीको नाम र चिन्हको दुरुपयोग गर्न विरुद्ध कानुनी उपचार गर्ने बताएका हुन् । पार्टीको नाम, लेटरप्याड, झण्डा तथा चुनाव चिह्न ‘रुख’ अनधिकृत रूपमा प्रयोग गर्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी कारबाही अघि बढाउने निर्णय काँग्रेसको केन्द्रीय समितिले गरेको उनले जानकारी दिए । 

काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिक नाम, लेटरप्याड, ब्यानर, झण्डा, छाप तथा चुनाव चिह्न रुखको दुरुपयोग गरिरहेको उनको आरोप छ । उनले केही व्यक्ति तथा समूहले पार्टीको महाधिवेशनका नाममा गरेका गतिविधिले पार्टी सदस्य तथा शुभेच्छुकमा भ्रम सिर्जना गरेको बताए । काँग्रेसको असोजमा भएको १५ औँ नियमित महाधिवेशनले निर्वाचित गरेको गगनकुमार थापा नेतृत्वको २३१ सदस्यीय केन्द्रीय  कार्यसमिति नै वैधानिक रहेकोले भ्रममा नपर्न उनले आग्रह गरे । उनले निर्वाचन आयोगलगायत सम्बन्धित अधिकारप्राप्त निकायलाई पार्टीको वैधानिक पहिचान संरक्षण गर्न र आधिकारिक प्रतीकको दुरुपयोग रोक्न आवश्यक कदम चाल्न आग्रह गरेको पनि जानकारी दिए । 

0 Comments