१३ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मासु बिक्रीमा झुक्याएको आरोपमा अनुसन्धान, टुकुचा खसी बजारबाट थप ५१ बाख्री नियन्त्रणमा

अ अ+ अ-

खसीको मासुका नाममा बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ५६७ किलो मासुसहित पक्राउ परेका आठ जनामाथि प्रहरीको अनुसन्धान जारी ।

काठमाडौँ । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा पक्राउ परेका आठ जनामाथि अनुसन्धान अघि बढाएको प्रहरीले थप ५१ वटा बाख्री नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त सिंहदरबारको संयुक्त टोलीले शनिबार थप जाँच गर्ने क्रममा ती बाख्री फेला पारेको हो । नियन्त्रणमा लिइएका बाख्रीलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

यसअघि शनिबार बिहान काठमाडौँ महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारबाट प्रहरीले ५६७ किलो बाख्रीको मासुसहित आठ जनालाई पक्राउ गरेको थियो ।

बाख्री तथा पाठीको मासुलाई खसीको मासुका रूपमा बिक्री गर्ने गरिएको सूचनापछि प्रहरीले बजारमा जाँच गरेको थियो । सो क्रममा बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअपमा मासु राख्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेका थिए ।

पक्राउ परेका व्यक्तिमाथिको अनुसन्धानका क्रममा थप बाख्री नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

0 Comments