१३ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्टरपोल महासभामा सहभागी हुन एआइजी शाह नेतृत्वको टोली चीन प्रस्थान

इन्टरपोलको ९४औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलले आठ मित्रराष्ट्रका प्रतिनिधिसँग द्विपक्षीय प्रहरी सहकार्यबारे छलफल गर्ने ।

अ अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय अपराध रोकथाम तथा न्यूनीकरणसम्बन्धी नीति निर्माणमा छलफल गर्न आयोजित अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९४औँ महासभामा सहभागी हुन नेपाल प्रहरीको प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रप्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख एवं प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा मंसिर १४ देखि १७ गतेसम्म सञ्चालन हुने महासभामा सदस्य राष्ट्रहरूको सहभागितामा अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि आवश्यक नीति निर्माण प्रक्रियाबारे छलफल हुनेछ ।

महासभाका क्रममा इन्टरपोलको ‘कमिसन फर द कन्ट्रोल अफ इन्टरपोल फाइल’ का विभिन्न रिक्त पदमा निर्वाचनसमेत हुने कार्यक्रम छ ।

नेपाली प्रतिनिधिमण्डलले इन्टरपोलका अध्यक्ष र महासचिवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, कतार, भारत, जापान, बेलायत, अस्ट्रेलिया, मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमनका प्रतिनिधिसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउने सम्बन्धमा द्विपक्षीय बैठक गर्ने कार्यक्रम छ ।

0 Comments