१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याइने

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उनले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट गरे ।

उनले भने, ‘सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि नक्कली कमरेडलाई राजनीतिक मूलधारमा ल्याइने छ ।’ अहिले विप्लव समूहले कम्युनिष्टको सरकारलाई असफल बनाउने, लोकतन्त्रलाई धरापमा पार्न खोज्ने, विकासनिर्माणको काम हुन नदिने र सरकारको लक्ष्य समाजवादलाई अवरोध गर्न खोजेको बताउँदै उनले भने,’उहाँहरु सहज भएर आउनुहुन्छ । नभए जेलमा बसालेर भए पनि राजनीतिक मूलधारमा ल्याइन्छ ।’

प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर विप्लवको समूहलाई सहिष्णुता देखाए पनि उनीहरुले भने आफ्ना नेतालाई मार्ने भनेर कार्यकर्ता खटाएको जिकिर गरे । उनले शान्ति प्रक्रियालाई चाँडो टुङ्ग्याउनका लागि सरकारले सबै पक्षसँग छलफल गर्दै सहमति गराउन थालेको जानकारी दिए । ‘शान्ति प्रक्रियाको काम अव लामो समयसम्म राखेर कसैलाई खेल्न दिनुहुँदैन’, उनले भने,’कानूनी संरचना तयार भइसकेकाले अब समुचित ढङ्गले अविलम्ब शान्ति प्रक्रियालाई टुङग्याउने हो ।’

उनले आज बस्ने मन्त्रिपरिषद् बैठकले शान्तिप्रक्रिया टुङ्ग्याउने २ आयोग सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगका पदाधिकारी सिफारिस गर्नका लागि सिफारिस समितिसमेत गठन गरिने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा सरकारले गरेका राम्रो कामको प्रचार गर्न तथा जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न सांसदसँग उनले आग्रह गरे। उनले आगामी वर्षको नीति र कार्यक्रमका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर फर्कन पनि सांसदसँग अनुरोध गरे ।

२५ वर्षे लक्ष्य बनाइने

प्रधानमन्त्री ओलीले सरकारले २५ वर्षे विकासको लक्ष्य बनाउन थालेको जानकारी दिँदै उक्त लक्ष्यलाई ध्यानमा राखेर समेत योजना ल्याउन सांसदसँग आग्रह गरे । उनले विस्तारै विश्व नै समाजवादतर्फ उन्मुख भइरहेको बेला नेपाल पनि समाजवादको ल्याउन सरकार दृढ छ भन्दै सामाजिक न्यायसहितको समाजवाद ल्याउन दिशामा सरकार क्रियाशील रहेको बताए।

नेकपाका अध्यक्ष ओलीले पार्टी एकताको कामलाई चाँडै टुङग्याइने समेत बताए। ‘हामीले पार्टीको सम्पूर्ण तहको एकीकरण उहिल्यै गरिसक्नुपर्ने थियो । एक महीनामा हुनुपर्ने पार्टी एकीकरणको काम दश महीनामा सकिएको छैन’, उनले भने, ‘अब पार्टी एकतालाई छिट्टै टुङ्ग्याउँदैछौँ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट आउनेबित्तिकै एकतालाई टुङग्याउछौँ ।’

प्रतिक्रिया दिनुहोस