११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थी भर्ना अभियान तीव्र

अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरका विभिन्न स्थानीय तहमा विद्यार्थी भर्ना अभियानले तीव्रता पाएको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऔँ’ भन्ने नाराका साथ यहाँका नौ वटै स्थानीय तहमा विद्यार्थी भर्ना अभियान शुरु भएको हो ।

भीमदत्त नगरपालिकाको शिक्षा शाखाले पनि नगरपालिकाका १९ वटै वडामा उत्साहका साथ सामुदायिक विद्यालयका प्रधानाध्यापक, वडा प्रतिनिधि र अभिभावकहरु विद्यार्थी भर्ना अभियानका लागि घरदैलोमा पुगिरहेको जनाएको छ । “पहिलो चरणमा नियमितरूपमा गत वैशाख २ गतेदेखि साताव्यापी भर्ना अभियान चलेको छ”, नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्करप्रसाद भट्टले भने, “नगरपालिकाले विद्यार्थीलाई भर्नाका लागि स्कूलमा ल्याउने पहिलो अभिभावकहरुलाई सम्मानका साथै विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत निःशुल्क दिनेछौँ ।”

संविधानअनुसार विद्यालय सञ्चालन अधिकार स्थानीय सरकार मातहत रहेकाले कञ्चनपुरमा पनि स्थानीय तहले मातहतका सबै विद्यालयमा विद्यार्थी भर्ना अभियानलाई तीव्रता दिएको छ । विद्यालय बाहिर रहेका विद्यालय जाने उमेरका बालबालिकालाई औपचारिक शिक्षा दिलाउने उद्देश्यले विसं २०६१ देखि विद्यार्थी अभियान थालिएको थियो । नगरपालिकाले वैशाख ८ गतेपछि दोस्रो चरणको भर्ना अभियानलाई सञ्चालन गर्ने शिक्षा शाखा प्रमुख भट्टको भनाइ छ ।

त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पनि भर्ना अभियानलाई तीव्रता दिएको प्रवक्ता जगतबहादुर सिंहले जानकारी दिए। “सरकारकै नीतिअनुसार हामीले पनि नगरपालिकाभित्रका सबै क्षेत्रमा भर्ना अभियान चलाएका छौँ”, उनले भने, “सामुदायिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण बढेको देखिन्छ ।”

त्यस्तै कृष्णपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख दीपकराज कलौनीले नगरपालिकामा सबैतिर भर्ना अभियान सञ्चालन भएको जानकारी दिए । उनले सरकारले विद्यार्थीलाई दिने सहुलित, छात्रवृत्तिदेखि अन्य सुविधाका विषयमा पनि अभिभावकलाई जानकारी गराइरहेको बताए ।

“पहिलो चरणपछि फेरि प्रधानाध्यापक डाकेर समीक्षासमेत गर्ने भनेका छौँ”, उनले भने, “हरेक हिसाबले सामुदायिक विद्यालय अब्बल छन् ।” उनले कृष्णपुरमा ३४ सामुदायिक र २० निजी विद्यालय रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस