१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य बीमा गरेका बिरामीलाई भेद्भाव नगर्न निर्देशन

अ+ अ-

र्खेत । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य बीमामार्फत उपचार गर्न आउने बिरामीलाई भेद्भाव नगर्न निर्देशन दिएका छन् । प्रदेश अस्पतालको १४औँ स्थापना दिवसका अवसरमा आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य बीमाका सेवाग्राहीलाई राम्रो व्यवहार नगरेको धेरै गुनासो आउने गरेकाले त्यस्तो कुनै भेद्भाव नगर्न निर्देशन दिए ।

‘स्वास्थ्य बीमा गरेका उपचारका लागि आउँदा अस्पतालले राम्रो व्यवहार नगरेको भन्ने गुनासा देशभरिबाटै आएका छन्,’ उनले भने, ‘सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुर्‍याउने सरकारको लक्ष्य छ, त्यसैले आउँदा दिनमा यस्तो कुरा सुन्न नपरोस् ।’ उनले मन्त्री–राज्यमन्त्रीबीचको कार्य विभाजनमा स्वास्थ्य बीमा कार्यक्रम हेर्ने जिम्मेवारी आफूले पाएको जानकारी दिए । यसलाई थप विस्तार एवं व्यवस्थित गरिने उनको भनाइ छ ।

राज्यमन्त्री रावतले स्वास्थ्य उपचारमा जनताको ठूलो धनराशी खर्च भइरहेकाले स्वास्थ्य बीमामार्फत यसलाई घटाउने योजनामा सरकार लागिपरेको बताए । उनले पछिल्लो समय प्रदेश अस्पताल सुर्खेतप्रति जनविश्वास बढ्दै गएकाले यसलाई थप गुणस्तरीय र सेवा विस्तार गर्न व्यवस्थापन समिति र प्रशासनको महत्वपूर्ण भूमिका रहने बताए ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश अस्पताल सुर्खेतबाट दुई वर्षयता सेवा प्रवाहमा थुपै्र सुधारका परिणाम देखापरेको बताए । उनले प्रदेश अस्पताललाई चालू आर्थिक वर्षमै ३०० श्ययाका रुपमा विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे । ‘अस्पतालको क्षमता विस्तारलाई प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा लिएको छ,’ मन्त्री रावलले भने, ‘अस्पतालको सेवालाई गुणस्तरीय एवं प्रभावकारी बनाउन व्यवस्थापन समिति र कर्मचारीकै भूमिका महत्वपूर्ण हुन्छ, मुलुककै उत्कृष्ट अस्पतालका रुपमा विकास गर्न सबैले ध्यान दिऔं ।’

अस्पतालका अध्यक्ष श्याम कँडेलले प्रदेश अस्पताललाई सुविधा सम्पन्न बनाउन बजेट, जनशक्ति र अत्याधुनिक उपकरणको अझैं खाँचो रहेको बताए । त्यस्तै, अस्पतालका निर्देशक डा.डम्बर खड्काले बिरामीको सङ्ख्या बढ्दै जानुले अस्पतालले जनविश्वास आर्जन गर्दै गएको तथ्याङ्कले पुष्टि गरेको बताए । उनले अस्पताललाई शिक्षण अस्पताल र तालीम केन्द्रका रुपमा विकास गर्न ढिला भइसकेकाले यसका लागि संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराए ।रासस

प्रतिक्रिया दिनुहोस