काठमाडौँ । आम हड्तालको पूर्वसन्ध्यामा नेकपा प्रचण्ड-माधव पक्षका कार्यकर्ताले विभिन्न ठाउँमा मसाल जुलुस निकालेका छन् ।
बुधवार साँझ राजधानीको बागबजार र चितवनमा नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् ।
संवैधानिक निकायहरूको नियुक्तिमा सरकारले बलमिच्याई गरेको भन्दै प्रचण्ड-माधव पक्षले बिहीबार देशव्यापी आम हड्तालको घोषणा गरेको छ ।