२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी चौकीभित्रै प्रहरीमाथि आक्रमण

अ+ अ-

धरान । हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते भएका छन् ।

स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा र एक युवती फोनमा धम्की दिएको विषयमा प्रहरीलाई जानकारी गराउन चौकी आएका थिए । तत्कालै केही युवा आएर उनीहरूमाथि आक्रमण गर्न थालेका थिए ।

उनीहरूलाई जोगाउँदा प्रहरीमाथि नै आक्रमण गरेका थिए । जाहेरी दिन आएका व्यक्तिसँग दाहालले जानकारी लिरहेका बेला एक्कासी युवा प्रवेश गरी खुकुरी प्रहार गरेका थिए ।

आक्रमणकारीले खुकुरी प्रहार गर्दा समात्न खोज्ने क्रममा असई दाहालको बायाँ हातमा चोट सामान्य लागेको छ । घाइते दाहालको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उजुरी गर्न आएका दुवैलाई जोगाएको थियो । उनीहरूलाई फोनमा धम्की दिनेहरूले नै आक्रमण गरेको र उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

वडा नं १५ को वडा कार्यालय सामुन्ने रहेको चौकीभित्रै साँझ ७ः३० बजे आक्रमण भएको वडा नं १५ का वडाध्यक्ष नरेशकुमार इवारमले जानकारी दिए । आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा चार प्रहरी कार्यरत थिए ।