२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्ल्ड भिजनको एक करोड ६० लाखको स्वास्थ्य सामग्री

अ+ अ-

डोटी । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वल्र्ड भिजन इन्टरनेसनल नेपालले सुदूरपश्चिम प्रदेशमा रु एक करोड ६० लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

उक्त संस्थाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँका कोरोनाले बढी प्रभावित भएका पाँच जिल्ला कैलाली, कञ्चनपुर, अछाम, बझाङ तथा डोटीका लागि भन्दै ४४० अक्सिजन सिलिण्डर, १० अक्सिजन कन्सन्ट्रेटर, ३८० इन्फ्रारेड थर्मामीटर, ३८० वटा पल्स अक्सिमिटर, ४५ थान पिपिइ सेट, २५ अस्पताल शय्या, मास्क, सेनीटाइजरलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

संस्थाले प्रदान गरेका स्वास्थ्य सामग्रीमध्ये सुदूरपश्चिम प्रदेशका कैलालीमा ८५ अक्सिजन सिलिण्डर, अछाम, बझाङ र डोटीमा प्रतिजिल्ला ७० अक्सिजन सिलिन्डर, ७० इन्फ्रारेड थर्मामीटर, ७० पल्स अक्सिमिटर र ७० थान पिपिइ सेट, तथा कञ्चनपुरमा ४५ थान अक्सिजन सिलिन्डर र २५ थान पिपिइ सेट वितरण गरिएको संस्थाका कोभिड–१९ प्रतिकार्य प्रबन्धक तथा फिल्ड अपरेसन म्यानेजर चेतराज भट्टराईले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालनमा रहेका कोभिड अस्पतालमा ती स्वास्थ्य सामग्री प्रयोगमा ल्याइने छ । बाँकी रहेका स्वास्थ्य सामग्री प्रदेशका अन्य जिल्लामा वितरण गरिने जनाइएको छ ।