२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 वागमती प्रदेशसभा बैठकमा आगामी आवको बजेटको सैद्धान्तिक र प्राथमिकताको विषयमा छलफल

अ+ अ-

मकवानपुर । वागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकताको सम्बन्धमा बैठकमा छलफल गरियोस् भनी पूर्ण बजेटको प्रस्तावना प्रस्तुत गरेका थिए ।

मन्त्री ढुङ्गेलले उक्त बैठकमा प्रस्ताव प्रस्तुत गर्नुहुँदै सरकारले आगामी वर्ष २०७८/०७९ का लागि प्रस्तुत बजेट प्रदेशका जनताको लागि पूर्ण जिम्मेवार भई कोभिड सङ्क्रमण उपचारका लागि उच्च प्राथमिकताका साथ अस्पतालको स्तरोन्नति गर्ने र त्यसका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने बताए ।

मन्त्री ढुङ्गेलले प्रदेशका १३ जिल्लामा खोप उपलब्ध गराउने, प्रत्येक अस्पतालमा अक्सिजन प्लाण्ट जडान गर्ने, अस्पतालमा दक्ष चिकित्सक, स्वास्थ्यकर्मी र यन्त्र उपकरण उपलब्ध गराउनेतर्फ थप बजेट विनियोजन गर्ने योजना ल्याएको बताए । उनले प्रदेशमा सुशासन ल्याउन र पारदर्शी ढङ्गबाट सरकारले आफ्नो कार्य सम्पादन गर्ने तथा शैक्षिक क्षेत्रको पूर्वाधार विकास र वेरोजगार नागरिकलाई रोजगार सृजना गर्ने नीतिगत आर्थिक प्याकेज कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गरे।

उनले प्रस्तुत गरेको बजेट सैद्धान्तिक पक्षमा २२ र बजेटको प्राथमिकतामा ६६ वटा बुँदाहरु समावेश गरिएको उल्लेख गर्दै कृषि उत्पादन, शीत भण्डारको व्यवस्थपन, शैक्षिक अध्ययनका लागि ऋण उपलब्ध गराउने विशेषताहरु समावेश गरिएका छन् ।

बैठकमा बजेटको सैद्धान्तिक र प्राथमिकताको पक्षमा सत्तारुढ दलको तर्फबाट बोल्दै सदस्यहरुले सरकारले प्रस्तुत गरेको बजेट प्रचारमुखी भन्दा परिणाममुखी हुनुपर्ने चर्चा गर्दै कोभिड सङ्क्रमित बिरामीको उपचारका क्रममा अस्पतालको व्यस्थापनले अत्यन्त महङ्गो शुल्क लिने गरेको गुनासो आएको र त्यसतर्फ तुरुन्त अनुगमन टोली पठाएर छनबिन गरी सार्वजनिक गर्न माग गरे ।

उनीहरुले अस्पतालको स्तरोन्नति, अक्सिजन प्लाण्ट जडान, दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराउन र पहुँच नभएका बिरामीहरुले पनि उपचार गर्न पाइन्छ भन्ने भावना विकसित गर्न सरकारले निगरानी समूह गठन गरेर ततकाल उपचार सेवालाई सहजीकरण गर्नुपर्ने धारणा व्यक्त गरे।

सरकारले प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र अन्य दलहरुसँग सहकार्य गरेर बजेट विनियोजनतर्फ विवादरहित बनाउनु पर्ने सुझाव प्रस्तुत गर्नुहुँदै कोभिड सङ्क्रमणको उपचारमा प्रमुख केन्द्रविन्दुमा राखेर मात्र भौतिक पूर्वाधार विकास निर्माणतर्फ अग्रसर हुन आग्रह गरे । सत्तापक्षका सांसद्हरु नारायणबहादुर सिलवाल, अष्टलक्ष्मी शाक्य, रत्नप्रसाद ढकाल लगायतका सांसद्हरुले सो अवसरमा धारणा राखेका थिए ।

बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसद् तथा पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले सरकारले ल्याएको बजेटको प्रस्तावना जनताप्रति जवाफदेही नभई प्रचारमुखी मात्र भएको आरोप लगाउनु हुँदै कोभिडको उपचारका लागि सरकारले पारदर्शी र निष्पक्षसाथ अस्पतालहरुलाई बजेटको विनियोजन गर्न नसकेकाले सरकारले अब सबै दलसँग समिक्षा गरेर बजेटका बुँदाहरुमा सुधार गरिनु पर्ने र उपचार सेवालाई नै उच्च प्रामिकतामा राखेर कार्यान्वयन गर्नतर्फ अगाडि बढ्न आग्रह गरे ।

नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घलेले सरकारले निश्चित समयभित्र बजेट ल्याउने क्रममा प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र अन्य दलहरुसँग सरसल्लाह र सहकार्य नगरी प्रचारमुखी हुने खालको बजेटका बुँदा समावेश भएको हुँदा बजेट कार्यान्वयनमा चुनौती थपिने चर्चा गर्नुहुँदै सरकार अहिले प्रचारमुखी नभई जिम्मेवार भएर जनताको उपचारमा लाग्ने वातावरण तयार गर्न आग्रह गरिन् ।

उक्त बैठकमा साझा विवेकशील दलका नेता रमेश पौड्यालले प्रदेशका १३ जिल्लामा अहिले कोभिड सङ्क्रमणको बढ्दो चाप नियन्त्रण गर्न खोपको बढ्दो आवश्यकता र उपचारको माध्यमबाट जनतालाई विश्वास दिलाएर अस्पतालको गुणस्तरीय अक्सिजन र महङ्गो शुल्कबाट मुक्त राख्नतर्फ सरकारको बजेटले कुनै स्थान दिन नसकेको उल्लेख बताए।

प्रतिपक्षी दलका सांसद्हरु क्रमशः रचना खड्का, विशाल खड्का, रीना गुरुङ, नरोत्तम वैद्य, जगतबहादुर सिम्खडा, सुरेन्द्रराज गोरसाई, सृजना सैन्जु, गीता वाग्ले, निमा लामा, सन्तबहादुर प्रजा, शोभा शाक्य छलफमा सहभागी थिए ।

प्रदेशसभाका उपसभामुख राधिका तामाङले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेकी छन् ।