२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई थप २० लाख डोज खोप दिने चीनको घोषणा

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद भएको छ ।

आज (मंगलबार)भएको कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले कोरोना भाइरस विरुद्धको थप २० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् । मन्त्रालयका अनुसार टेलिफोन कुराकानीमा खड्का र यीबीच दुई पक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । कुराकानीका क्रममा तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको बताइएको छ ।

दुई समकक्षीबी ‘भर्चुअल’ माध्यमबाट एक घण्टा लामो संवाद भएको हो । भिडियो संवादमा चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को विषय प्राथामिकतामा परेको परराष्ट्र स्रोतले जानकारी दियो । संवादमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ परराष्ट्रमन्त्री वाङलाई बीआरआई परियोजना नेपालले स्वीकृत गरेको भन्दै कार्यान्वयनको चरणमा रहेको बताए ।

परराष्ट्र मन्त्रालयबाटै भएको भिडियो संवादमा चीनले अतिक्रमण गरेको भनिएको सीमा क्षेत्रको विषयमा पनि छलफल भएको थियो । छलफलमा सीमासम्बन्धी थप अध्ययन गर्ने दुई देशको समझदारीमा विवाद भएको सीमा क्षेत्रको समस्या समाधान गर्ने भद्र सहमति भएको छ ।