२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी विधानबमोजिम फेरि सभापति बन्न चाहन्छु, यो अन्तिम पटक हो: प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा नेपाली काँग्रेसको सभापतिमा उम्मेदवार दिने बताएका छन् ।

महाधिवेशन सुरु हुन केही दिन मात्र बाँकी रहँदा सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले विधानबमोजिम एक पटक सभापति बन्न चाहेको बताएका हुन्।

सभापतिको उम्मेदवार बन्ने आन्तरिक तयारीमा रहे पनि उनले अहिलेसम्म औपचारिक घोषणा भने गरेका छैनन्। उनले भने, ‘पार्टी विधानबमोजिम एक पटक सभापति बन्न चाहेको छु। यो अन्तिम पटक हो, अर्को पटक विधानले पनि दिँदैन । तपाईँहरूले सहयोग गर्दै आउनुभएको छ, फेरि एक पटक सहयोग गरिदिनुपर्‍यो।’

प्रधानमन्त्रीसमेत रहेका देउवाले आफू फेरि पार्टी सभापति हुँदा अहिलेको गठबन्धनलाई निरन्तरता दिँदै अहिलेकै सरकारले तीनै तहको निर्वाचन गर्न सहज हुने बताए।

आगामी निर्वाचनबाट पार्टीलाई जिताउने र सबैलाई समेटेर अघि बढ्न पनि आफू नै सभापति हुनुपर्ने देउवाको भनाइ थियो। उनले भने, ‘यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै अहिले प्रधानमन्त्री भएको हुँ । फेरि सभापति भएँ भने अझै राम्रो गर्न सक्छु। त्यसैले मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु,तपाईँहरूमार्फत पनि सबैलाई आग्रह गर्न चाहन्छु, एक पटक मलाई सहयोग गरिदिनुस्।’

२०७२ सालमा भएको काँग्रेस १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले १४औंबाट पनि नेतृत्वमा निरन्तर चाहेका छन्।