२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा गठबन्धन गर्ने चार दलकाे निर्णय

अ+ अ-

तनहुँ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने तनहुँका चार दलले निर्णय गरेका छन्। केन्द्रमा रहेको गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको हो।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरूको आज बसेको बैठकले आवश्यकता परेको खण्डमा वडा स्तरसम्मै गठबन्धन गरेर जाने निर्णय गरेका छन्।

निर्वाचनमा गठबन्धनका लागि दस वटै पालिकामा कार्यदल गठन गर्ने सहमति भएको नेपाली काँग्रेसका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए।

उनका अनुसार हरेक पालिकामा दुई–दुई जना रहने गरी कार्यदल बनाइने छ। उक्त कार्यदलले गठबन्धनका लागि आवश्यकताअनुसार निर्णय गर्ने सहमति भएको खनालले बताए। ‘केन्द्रमा गरिएको निर्णयलाई स्वागत गर्दै तनहुँमा पनि त्यसको कार्यान्वयन गर्ने सहमति भएको छ, कार्यदल गठन गरेर गठबन्धनलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुन्छ,’ उनले भने।

बैठकमा नेपाली काँग्रेसका सभापति जितप्रकाश आले, निवर्तमान सभापति वैकुण्ठ न्यौपाने, माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि चुमान, जिल्ला अध्यक्ष राजेन्द्र केशरी न्यौपाने, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शङ्करनारायण श्रेष्ठ, केन्द्रीय सदस्य चित्रबहादुर थापा, जनता समाजवादीका केन्द्रीय सदस्य शिवलाल थापा र जिल्ला अध्यक्ष कृष्ण गुरुङ सहभागी थिए।