९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन : धनुषामा तयारी तीव्र

अ+ अ-

जनकपुर । आसन्न स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले तयारी तीव्र पारेको छ ।

निर्वाचन आयोगको क्यालेन्डर अनुसार निर्वाचन तयारीको काम अघि बढाएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

धनुषाको १८वटै पालिकामा खटिने निर्वाचन अधिकृतको तालिम सकिएको र वैशाख ८ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने तयारी भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिए ।

स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भए लगत्तै मतदान अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाइनेछ ।

निर्वाचनमा खटाइने कर्मचारीको विवरण अद्यावधिक गर्ने कार्य अन्तिम चरणमा पुगेको र अद्यावधिक सकिएलगत्तैबाट कर्मचारीलाई मतदान केन्द्रमा पठाइने पन्थीले बताए ।

मतपेटिकाको जाँच गर्ने, सफा गर्ने काम सकिएको छ भने स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पठाइने निर्वाचन सामग्री प्याकिङको काम भइरहेको कार्यालयले जनाएको छ । समयमा बजेट नपाउँदा निर्वाचन कार्यालयले यस वर्ष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सकेको छैन ।

‘बजेट नआउँदा मतदाता शिक्षा सञ्चालन गर्न सकिएको छैन’, पन्थीले भने, ‘अघिल्लो निर्वाचनमा समयमै कार्यक्रम सञ्चालनका लागि बजेट आउँदा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका थियौँ, यसपालि अहिलेसम्म बजेट आएको छैन, त्यही भएर अहिलेसम्म मतदाता शिक्षा कार्यक्रम चलाउन सकेका छैनौँ’, उनले भने ।

दुई दिनअघि मात्र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका आएकाले अब बजेट पनि आउने उनले विश्वास व्यक्त गरे ।

निर्वाचन आयोगले तयार पारेको निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ मा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी निर्वाचित शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

यस्तै स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालको प्रयोग, नागरिक समाज तथा गैरसरकारी संस्थामार्फत निर्वाचन कार्यक्रम सञ्चालन गर्ने, सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने तथा आम पहुँच वा समुदायमा आधारित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्देशिकामा उल्लेख छ ।

अठार स्थानीय तह रहेको धनुषामा कूल चार लाख ६७ हजार ३८८ मतदाता छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ३२३ मतदान स्थलमा ५९६ मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस