२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको घोषणापत्रबारे अध्यक्ष ओलीको टिप्पणी: गालीगलौजको पुलिन्दा, पागलहरूको प्रलाप

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्र राजनीतिक दस्ताबेज नभएर गालीगलौजको पुलिन्दामात्र भएको टिप्पणी गरेका छन् ।

२३ औँ मनमोहन स्मृति दिवसको अवसरमा आज (मंगलबार) आयोजित कार्यक्रममा अध्यक्ष ओलीले काँग्रेस घोषणापत्रका दर्जनौँ ठाउँमा एमाले र व्यक्तिगत रूपमा आफूमाथि गालीगलौज गरिएको भन्दै त्यसलाई पागलहरूको प्रलाप भनेका छन् ।

अध्यक्ष ओलीले भने, ‘त्यो कुनै राजनीतिक दस्ताबेज नै होइन, पागलहरूको प्रलाप हो । घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौँ ठाउँमा नाम किटेर धारे हात लाइएको छ । बाटो किन चौडा बनाएको ? रेल किन ल्याएको ? पाइपलाइन किन चाहियो? यस्तै यस्तै आरोप लगाएको पनि कुनै राजनीतिक दस्ताबेज हुन्छ ?’

गठबन्धन नगर्दा कतै पनि जित्न नसक्ने अवस्थामा पुगेको काँग्रेसले कम्युनिस्ट पार्टी कब्जा गर्न नसकेपछि भागेका प्रचण्ड माधवहरुको वैशाखी टेकेर अघि बढ्न खोजेको अध्यक्ष ओलीको आरोप छ ।

तत्कालीन अवस्थामा नेकपामा पुष्पलालविरुद्ध केशरजंग रायमाझीहरूले प्राविधिक बहुमत देखाएर हटाएजस्तै आफूमाथि प्रचण्ड-माधवले आफैँले दिएको बहुमत देखाएर षड्यन्त्र गरेको बताए ।

ओलीले भने, ‘हिजो पनि पुष्पलालविरुद्ध रायमाझीहरुले त्यसै गरे,पछि काँग्रेसले रायमाझीहरुको साथ पनि लियो । अहिले पनि नेकपाका रायमाझीहरू (प्रचण्ड-माधव) लाई बोकेर काँग्रेस हिँडेको छ ।

एमाले अध्यक्ष ओलीले काँग्रेसको राजनीति भनेकै एमालेले गरेको विकासका कामको विरोध गर्ने मात्र रहेको बताए । गठबन्धनको एकताको आधार कुनै राजनीतिक नभएर एमालेको आरिस मात्र रहेको ओलीको भनाइ छ ।