२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२२३८ अङ्कमा झऱ्यो नेप्से, सबै सूचक घटे

अ+ अ-

काठमाडौँ । साता कारोबारको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से २२३८ अङ्कमा झरेको छ । बजारको यो अङ्क २०७७ पुसयताकै न्यून विन्दु हो ।

बिहीबार ३७ अङ्कले नेप्से घटेको हो । कुल १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन १ अर्ब २६ करोडको कारोबार भएको थियो । कुल ५ कम्पनीको मूल्य मात्रै बढ्यो भने ३ को स्थिर र १८८ को घट्यो ।

सबै उपसमूहका सूचक घटेका छन् । बैङ्किङ १६, विकास बैङ्क ८८, फाइनान्स ४८, होटल तथा पर्यटन ५९, जलविद्युत् ६६, जीवन बीमा २६०, उत्पादन ५६, लघुवित्त ७३, निर्जीवन बीमा २६५, अन्य २० र व्यापार उपसमूह ४९ अङ्कले घटे ।

जल्पा सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै घलेम्दी हाइड्रोको सबैभन्दा धेरै ६।८ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सूर्या लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैङ्क, नबिल, हिमालयन डिस्टिलरी र अरुणभ्याली हाइड्रोपावर कम्पनी क्रमश: अगाडि रहे । बजारको पुँजीकरण (सूचीकृत धितोपत्रको कुल मूल्य) ३१ खर्ब ८४ अर्बमा झरेको छ ।