काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित तथा तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकासँग प्रस्तावित ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) मा सहभागी भए नेपाल युक्रेनको अवस्थामा पुग्ने चेतावनी दिएका छन् ।
पार्टीको हिजो (मंगलबार)बाट सुरु स्थायी कमिटी बैठकमा खनालले आफ्नो धारणा राख्दै एसपीपीको प्रस्तावित सम्झौताको प्राप्त कपिलाई स्थायी कमिटीको बैठकमा वितरण गर्दै एसपीपीले गरेको प्रस्तावलाई नेपालले स्विकार्ने हो भने नेपाल असंलग्न मुलुक नरहने बताएका हुन् ।
उनले यसबाट नेपालको एक चीन नीति उल्लङ्घन हुने, नेपाल अमेरिकी सेनाको चीन विरोधी अखडा बन्ने र क्रमशः नेपाल पनि युक्रेनको दिशामा जाने खतरा रहेको कुरा बैठकमा बताएका छन् । सत्तारुढ गठबन्धनको एक घटक नेकपा एसले यो प्रस्तावलाई स्वीकार गर्न नहुने खनालले बताएका छन् ।
खनालको भनाइ थियो, ‘वास्तवमा एमसीसी अनुमोदन गर्ने बेलामा नेपाली जनतामा यो पास भयो भने नेपालमा अमेरिकी सेना मार्च गर्नेछन् भन्ने हल्ला थियो तर अहिले प्रकटरूपमा आएको यो प्रस्तावले त्यही कुरालाई पुष्टि गर्न थालेको छ । हामी सबै होसियार बनौँ, सचेत बनौँ र आफ्नो राष्ट्रको स्वतन्त्रतालाई बचाऔँ ।







