२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यापक असन्तुष्टि खेपेका कमल थापा पुगे एमाले पार्टी कार्यालयमा

अ+ अ-

काठमाडौँ । एमालेको समर्थनमा मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका राप्रपा  नेपालका अध्यक्ष कमल थापा सोमबार एमाले मकवानपुरको पार्टी कार्यालयमा उपस्थित भएका छन्।

राप्रपा नेपालका अध्यक्ष थापालाई टिकट दिएको विषयलाई लिएर एमाले मकवानपुरमा व्यापक असन्तुष्टि देखिइरहेको वेला सोमबार भएको एउटा पार्टी प्रवेश कार्यक्रममा थापा उपस्थित भएका हुन्।

चुनावी प्रतिस्पर्धाका रूपमा राजनीतिमा अन्तिम प्रयास भएको बताउँदै थापाले एमाले कार्यकर्तालाई एकताबद्ध भएर आफूलाई जिताइदिन आग्रह गरे। 

आफ्नो लामो राजनीतिक यात्रामा मकवानपुरमा अझै केही गर्न बाँकी रहेको उल्लेख गरेका उनले यसपटक चुनाव जितेर त्यो पूरा गर्ने बताए। 

थापालाई एमाले नेतृत्वले टिकट दिएपछि भने एमाले कार्यकर्तामा असन्तुष्टि देखिएको छ। उम्मेदवारी मनोनयनको दिन हिजो आइतबार एमाले कार्यकर्ताहरूले पार्टी कार्यालयमा तालाबन्दी गर्नुका साथै पार्टी कार्यालयमा राखिएको बोर्डसमेत तोडफोड गरेका थिए।

थापा उम्मेदवारी दर्ता गर्नसमेत एमालेका नेता तथा कार्यकर्ताविनै निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। उनीसँग उनका भाइ गणेश थापा, पार्टीका महामन्त्री राजाराम बर्तौला र जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटा निर्वाचन कार्यालय पुगेका थिए।