११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन मन्त्री मोदीले थाले स्थानीय तहसँग अन्तरक्रिया

अ+ अ-

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीयताको सुदृढीकरणका लागि स्थानीय तहसँग अन्तरक्रिया थालेका छन् ।

सोमबार मोरङको कटहरी गाउँपालिकामा मन्त्री मोदीको उपस्थितिमा सङ्घीयताको प्रभावकारी कार्यान्वयन र सुदृढीकरणसँगै अन्तर सरकारी समन्वय लगायतका विषयमा छलफल भएको छ । प्रदेश तथा स्थानीय तहका लागि संघीय सरकारले गर्नुपर्ने समन्वय र सहकार्यका विषयमा पनि अन्तरक्रियामा छलफल भएको थियो

मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन कार्यक्रम ९उनिकउ०मार्फत मन्त्री मोदीले सङ्घीयताको सुदृढीकरणको सन्दर्भमा सरोकारवालासँग अन्तरक्रिया थालेका छन् ।

अन्तर्क्रियालाई सम्बोधन गर्दै मन्त्री मोदीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको बताए । स्थानीय तहलाई नीति निर्माणको सवालमा आफूहरूले समन्वय र सहकार्य गर्ने बताउँदै मन्त्री मोदीले भने, ‘स्थानीय तहले अब कसरी आत्मनिर्भर र बलियो बन्ने भन्नेतिर ध्यान दिन आवश्यक छ ।’

उनले अरूको मुख ताकेर मात्रै सबल बन्न नसक्ने भएकाले स्थानीय तहले अब आत्मनिर्भर हुने खालका कार्यक्रम ल्याउनुपर्ने समेत बताए । स्थानीय तहले सुशासनको क्षेत्रमा गरिरहेको कामको सन्दर्भमा अनुभव आदानप्रदान गर्न आवश्यक रहेको समेत मन्त्री मोदीको भनाई थियो ।

उनले भने, ‘स्थानीय तहको सबलीकरण र वृद्धि विकासका लागि हाम्रो मन्त्रालयले कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ । सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको जनसम्बन्ध कसरी बलियो बनाउने, प्रदेश र स्थानीय तहको नीति निर्माणमा कसरी मद्दत गर्न सकिन्छ भन्नेतिर अहिले हाम्रो मन्त्रालयको ध्यान छ ।’

स्थानीय तहमा देखिएको विकृति र विसङ्गति हटाएर जनताको समस्या समाधानमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने पनि मन्त्री मोदीको भनाई थियो ।

प्रदेश तथा स्थानीय शासन कार्यक्रमले मन्त्री मोदीको उपस्थितिमा इलामको सूर्योदय नगरपालिकामा पनि मङ्गलवार अन्तरक्रिया गर्दै छ ।

अन्तरक्रियामा कटहरि गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, उपाध्यक्ष सीतादेवी राजवंशी, वडाध्यक्ष एवं कार्यपालिका सदस्य, प्रदेश तथा स्थानीय शासन कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक भूपेन्द्र सापकोटा लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस