काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सिसिटिभी जडान र सञ्चालन गर्न ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण लगायतका गतिविधि नियन्त्रणका लागी सिसिटिभी जडान गर्न नेपाल प्रहरीलाई उक्त रकम दिने भएको हो ।
सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आबद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई रकम उपलब्ध गराउने महानगरले जनाएको छ ।
यसका लागि आज प्रमुख बालेन्द्र साह (बालेन) को रोहबरमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।