७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

अ+ अ-

काठमाडौँ । गैरनागरिकलाई नेपाली नागरिकता प्रदान गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय सप्तरीका तत्कालीन प्रशासकीय अधिकृतसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बुधबार सप्तरी जिल्ला अदालतले प्रशासकीय अधिकृत किशोर रामसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी भरतमणि पोखरेलले बताए । 

सूचना अधिकारी पोखरेलका अनुसार आज (बिहीबार) दुई जना अदालतमा उपस्थित भएको थिए । प्रकरणमा मुछिएका राजविराज नपा-११ का वडा वडाध्यक्ष उदित नारायण यादव र अर्का एक जना अदालतमा उपस्थित भएको उनले बताए । 

‘२८ जनाविरुद्ध मुद्दा चलेको हो, जसमा जिल्ला अदालतबाट २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ, २ जान आज उपस्थित भएर गए,’ उनले भने, ‘अहिले सबैको नामावलीसहित प्रहरीलाई दिएका छौ, कानुनी प्रक्रिया अगाडि बढी सकेको छ ।’ 

राजविराज नगरपालिका वडा नम्बर-११ फर्सेठका सूर्यनारायण यादवले झुटो विवरण दिई नातामा नाति पर्ने सतिश यादवलाई छोरा बनाइ नेपाली नागरिकता बनाइ दिएको प्रकरणमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। 

उक्त प्रकरणमा यसअघि नै सूर्यनारायण र सतिश पक्राउ परी जनही एक-एक लाख रुपैयाँ धरौटी बुझाएर छुटिसकेका छन् । 

प्रशासकीय अधिकृत किशोरले भने बुधबार मात्रै सप्तरी कारागार प्रमुखबाट सरुवा भई सप्तरीको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । 

उनलाई प्रशासनले सम्पर्क गर्दा मोबाइल स्विच अफ छ । पक्राउ पुर्जी जारी भएपनि उनीहरू काम गरिरहेका छन् । 

अहिले सोही प्रकरणमा जिल्ला प्रशासन कार्यालयका अधिकृत रामसहित नासु सुशील कर्ण, खरिदारद्वय सुरज नेपाल र सञ्जीवकुमार साह, प्रहरी सहायक निरीक्षक महेन्द्र चौधरी, प्रहरी सहायक हवलदारद्वय नारायणकुमार महतो र राम ईश्वर मण्डल, वडाध्यक्ष यादव, वडा सचिव हरिनारायण यादवसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस