२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतलाई तल्लो अरुण र फुकोट कर्णाली आयोजना प्रचण्डले कौडीको भाउमा दिए : केपी ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतलाई दुई वटा जलविद्युत आयोजना कौडीको भाउमा दिएको बताएका छन् ।

शनिबार नेपाल निजामती कर्मचारी सङ्गठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै ओलीले सस्ता आयोजनाहरू तल्लो अरुण र फुकोट कर्णाली कौडीको भाउमा भारतलाई दिएको टिप्पणी गरेका हुन् ।

नेपालको तल्लो अरुण र फुकोट कर्णाली आयोजना भारतीय कम्पनीले निर्माण गर्ने सम्झौता पनि भएको छ । उक्त सम्झौताप्रति टिप्पणी गर्दै ओलीले भने, ‘दुइटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनुभएको छ । मैले २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । ४८० मेगावाट कुदेको नदीबाट विद्युत् निकाल्न सकिन्छ । त्यति सस्तो आयोजना, यो नेपाल आफैले बनाउँछ मैले निर्णय गरेको थिए । यो त अहिले त किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो, प्रधानमन्त्री भन्न सक्नुहुन्न के सर्तमा दिनु भएको छ । यस्ता यस्ता सरकार बनेका छन । जसले देशको बारेमा चुइँक्क बोल्न सक्दैन । जसले राष्ट्रिय हितको रक्षाका सन्दर्भमा एउटा केही पनि गर्न सक्दैन । विदेश भ्रमणमा जान्छ, एउटा मित्र राष्ट्रको भ्रमणमा जान्छ । मित्रसँग आफ्ना पिर मर्काका कुरा पनि गर्न सक्दैन । मलाई यस्तो पर्‍यो पनि भन्न सक्दैन । यस्ता नालायक सरकारहरू बन्नु भएको देशको दुर्भाग्य हो । ’